April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै असार ७ गतेभित्र एसइईको परीक्षाफल आइसक्ने गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली?

आज सामाचकेवा पर्व समापन गरिँदै

  • साझा परिवेश
  • सोमवार, मंसिर ११, २०८० १५:१५
आज सामाचकेवा पर्व समापन गरिँदै
  • आज सामाचकेवा पर्व आज समापन गर्दै
  • समाचकेवा थारुहरुसँगै सिकेर मनाउँदै
  • यसमा थारु राजाहरुको कहानी समेटिएको पाइन्छ 

काठमाडौं ।।

आदिवासी थारू समुदायले काठमाडौंसहित पूर्वी तराईमा आज सामाचकेवा पर्व आज समापन गर्दैछन् । दाजुभाइ-दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने यो पर्व आज १२ औँ दिनमा समापन हुन लागेको हो ।  आजै मिथिला क्षेत्रमा पनि सामाचकेवा समापनि गरिँदैछ । कात्तिक शुक्ल द्वितिया अर्थात् भाइटीकाको दिनदेखि सुरु हुने यो पर्व कात्तिक पूर्णिमाका दिन समापन गरिने परम्परा रहेको थारू संस्कृति विद् भुलाइ चौधरी बताउँछन् ।

यस्तै काठमाडौं उपत्यकामा बसोबास गर्ने तराई क्षेत्रका आदिवासी थारु समुदायका दुई समूहले समाचकेवा पर्व समापन गर्ने कार्यक्रम राखेका छन् । थारु महिला समाजले ललितपुरको टीकाथलीस्थित गोदावरी खोलामा समाचकेवा समापन गर्दैछ भने थारू महिला सभाले काठमाडौंको तमू बौद्धमा समाचकेवा कार्यक्रमको आयोजना गरेर समापन गर्ने कार्यक्रम तय भएको छ ।

‘हामी थारु समुदायले संघीय राजधानी काठमाडौंमा आफ्नो संस्कार र संस्कृतिलाई कायम विगत २० वर्षदेखि यो पर्व मनाउँदै आएका हौं । तर सरकारले हाम्रो यो पर्वलाई कुनै मान्‍यता दिएको छै न। यो तराइको संस्कृतिमाथिको अपमान गरिएको छ ।’ थारू महिला समाजकी महासचिव अनिता चौधरीले बताइन् ।

थारु समुदायसँगै तराइमा अन्‍य समुदायहरुले समाचकेवा थारुहरुसँगै सिकेर मनाउँदै आएका छन् । उनले भनिन्, ‘समाचकेवा थारुको रगतसँगको सम्बन्ध छ । यो इतिहासमा थारु राजाहरुको कहानी समेटिएको छ । समा राजाकी छोरी थिइन् । बुवाको आदेशलाई पालना गर्न घरबाट वनबास जानु पर्‍यो । आफ्नै मौलिक परम्परा गीत र संगीत छ । त्‍यसकारण यसको महत्व थारु समाजमा धेरै छ।’

 

  • साझा परिवेश
  • सोमवार, मंसिर ११, २०८० १५:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट