sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

काभ्रेमा ३३ बाेरा चिनी बरामद

  • साझा परिवेश
  • बुधबार, मंसिर २०, २०८० १३:२६
काभ्रेमा ३३ बाेरा चिनी बरामद

काभ्रेपलाञ्चोक – इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको टोलीले राजस्व छलेर ल्याइएको ३३ बोरा चिनी बरामद गरेको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ बीपी राजमार्गअन्तर्गत प्रहरी चेक पोस्टमा आज बुधवार बिहान गाडी जाँचका क्रममा बा प्र ०३–००१ ख १९६६ नम्बरको यात्रुबहाक बसमा राजस्व छली ल्याइएको ५० किलोका ३३ बोरा (१ हजार ६ सय ५० किलो) चिनी बरामद गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार श्रेष्ठका अनुसार सङ्खुवासभाको खाँदबारीबाट काठमाण्डाै जाँदै गरेको बसको हुट र डिकीमा लुकाइछिपाइ ल्याइएको ३३ बाेरमा चिनीसहित बस र बसका चालकलाई नियन्त्रणमा लिइएको छ ।

घटनाक्रमले काभ्रेपलाञ्चोक सदरमुकाम धुलिखेल जोडिएको बीपी राजमार्गबाट पूर्वी तराईका विभिन्न ठाउँबाट चिनी तस्करी हुने गरेको देखाएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले बीपी राजमार्गअन्तर्गत धुलिखेल–९ काे काभ्रेभञ्ज्याङमा गएकाे कात्तिक तेस्रो हप्ता जाँचका क्रममा गाडीबाट अवैधरूपमा ल्याइएको १० क्विन्टल चिनी बरामद गरेको थियो ।

प्रहरीले कात्तिक पहिलो हप्ता यही राजमार्ग हुँदै पनौती तर्फबाट राजस्व छली आएका ९२ बोरा चिनी बरामद गरी ट्रक नियन्त्रणमा लिएको थियो । बीपी राजमार्गमा गाडी जाँचमा अवैधरूपमा चिनी भित्रिने गरेको पाइएपछि नियमित यातायातका गाडी जाँच गर्न थालिएको डीएसपी श्रेष्ठले जानकारी दिनुभयो ।

  • साझा परिवेश
  • बुधबार, मंसिर २०, २०८० १३:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid