काठमाडौं ।।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको सुझावको लागि विज्ञ समिति बनाउने घोषणा गरेको छ । शुक्रबार चालु आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीति समीक्षा सार्वजनिक गर्दै मौद्रिक नीतिको कार्यदिशा, संरचना, लक्ष्य र उपकरणका सम्बन्धमा सुझावका लागि बाह्य विज्ञहरु सम्मिलित मौद्रिक नीति सल्लाहकार समिति गठन गर्ने उल्लेख छ ।
मौद्रिक नीतिको कार्यदिशालाई लचिलो बनाएको केन्द्रीय बैंकले नियामकीय व्यवस्थामा पनि लचकता अपनाएको छ । साथै राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत ननडेलिभरेबल फरवार्ड कारोबार र स्थानीय विप्रेषण कारोबारको सीमासम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने जनाएको छ ।