sweet bonanza
February 15, 2026 | आइतवार, फाल्गुन ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सिद्धार्थ ढकाल र विकास राई युक्रेनको हिरासतमा

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० ११:२0
सिद्धार्थ ढकाल र विकास राई युक्रेनको हिरासतमा
  • दुई नेपाली नागरिक युक्रेनी सेनाको कब्जामा
  • उनीहरु हालसम्म सुरक्षित भएको खुलाशा 
  • पैसाका लागि रुसी सेनामा नआउन आग्रह

काठमाडौं ।।

रुसी सेनामा भर्ना भएका थप दुई नेपाली नागरिक युक्रेनी सेनाको कब्जामा रहेको खुलेको छ । रुसी सेनामा भर्ना भई युक्रेनी सेनाको कब्जामा रहेका काभ्रेका सिद्धार्थ ढकाल र मोरङको लेटाङका विकास राईको भिडियो प्राप्त भएको छ । छुट्टाछुट्टै भिडियो सन्देशमा उनीहरुले आफू हालसम्म सुरक्षित भएको बताएका छन् ।

‘अहिले म युक्रेनको कष्टडीमा छु, आजको दिनसम्म राम्रै छ, सुरक्षित नै छु’, काभ्रेका सिद्धार्थ ढकालले भनेका छन्, ‘म रिहा हुन्छु कि हुदिनँ थाहा छैन । पछि के हुन्छ भनेर भन्न सकिदैन । सकुशल नै हुन्छु होला ।’ ३ मिनेट ३२ सेकेण्ड लामो भिडियो सन्देशमा उनले आफू पैसाका लागि रुसी सेनामा भर्ना भएर धेरै दुःख पाएको बताएका छन् । ‘पैसाका लागि रुसी सेनामा भर्ना हुँदा मैले धेरै नै दुःख पाएँ’ उनले भनेका छन् ।

विकासले रुसमा धेरै जोखिम भएकाले पैसाका लागि रुसी सेनामा नआउन आग्रह गरेका छन् । ‘यहाँ धेरै गाह्रो छ, जिन्दगीको सवाल छ’, उनले भनेका छन्, ‘जो–जो यहाँ आउने सोचमा हुनुहुन्छ, कृपया नआउनु होला । उनीहरु हामीलाई जंगली जनावर जस्तै व्यवहार गर्छन् । यहाँ बाँच्न धेरै गाह्रो छ ।’ उनले रुसी सेनामा भर्ना भएका आफ्ना केही साथीहरु मारिएको समेत खुलाएका छन् ।

तीन महिनाअघि अध्ययनका लागि मस्को गएका २२ वर्षीय ढकाल रुसी सेनामा भर्ना भएका थिए । मंसिर १८ गते युक्रेनी सेनाले भिडियो सार्वजनिक गरेसँगै उनी युक्रेनी सेनाको नियन्त्रणमा रहेको खुलेको थियो । युक्रेनमा बन्दी बनाइएका मोरङ लेटाङ नगरपालिका– ३ का विकास राईले नोभेम्बर ५ तारिखदेखि युद्धमा सहभागी भएको र १० दिनअघि युक्रेनमा पक्राउ परेको बताएका छन् । ‘म भाग्यमानी रहेछु, यहाँ (युक्रेन) आएर पक्राउ परेँ र सकुशल हुन पाएँ,’ उनले भने, ‘तर सबैको त्यस्तो हुन सक्दैन ।’

२ मिनेट ४८ सेकेण्डको भिडियो सन्देशमा रुस–युक्रेन युद्ध एकदमै भयानक भएको भन्दै यहाँ नआउन आग्रह गरेका छन् ।‘यो २१ औं शताब्दीको युद्ध हो । यहाँ मेशिनरी हतियार प्रयोग हुन्छ । यो युद्ध हामीले सोचेको भन्दा एकदमै भयानक छ’ उनले भनेका छन्, ‘मैले आँखै अगाडि साथीहरु ज्यान गुमाएको देखेको छु ।’ उनले नेपालमै भविष्य बनाउन सकिने बताउँदै पैसाको पछाडि परेर ज्यान फाल्नका लागि रुसी सेनामा नआउन आग्रह गरेका छन् ।

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० ११:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid