काठमाडौं । नेपालमा पर्यटक आगमनमा उल्लेख्य सुधार नेपाल देखिएको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को चार महिनामा सेवा आयअन्तर्गत भ्रमण आयमा ४७.२ प्रतिशतले वृद्धि भएर २५ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १७ अर्ब ४९ करोड रुपैयाँ थियो ।