sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सीता–रामको स्वयंवर प्रतिमामा ८५ क्वीन्टल अन्नको प्रयोग

  • साझा परिवेश
  • आइतवार, पुस १, २०८० १२:२१
सीता–रामको स्वयंवर प्रतिमामा ८५ क्वीन्टल अन्नको प्रयोग
  • अन्नबाट ११ हजार स्क्वायर फिटको राम जानकी स्वयंवर प्रतिमा निर्माण
  • जनकपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष अम्भुप्रसाद साहद्वारा जानकारी 
  • प्रतिमा निर्माणमा १० लाख रुपैयाँको अन्न र अन्य व्यवस्थापन गरी २० लाख रुपैयाँ भन्दा बढी खर्च

जनकपुरधाम ।।

सीता–राम विवाहपञ्चमी महोत्सवलाई लक्षित गरी जनकपुरधाममा अन्नबाट ११ हजार स्क्वायर फिटको राम जानकी स्वयंवर प्रतिमा निर्माण गरिएको छ । विवाहपञ्चमीलाई विश्वमा चिनाउन र विश्व कीर्तिमानका लागि ८५ क्वीन्टल अन्नबाट रंगभूमि मैदान बाह्रविघामा प्रतिमा निर्माण गरिएको हो । विश्व कीर्तिमान कायम गरी जनकपुरको पर्यटन प्रवर्द्धनका लागि सीता–राम स्वयंवर प्रतिमा निर्माण गरिएको जनकपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष अम्भुप्रसाद साहले बताए ।

उक्त प्रतिमाको उत्तर छेउमा रामका गुरु विश्वामित्र र दक्षिण छेउमा जानकीका बुबा जनकको प्रतिमा निर्माण गरिएको छ ।प्रतिमामा रंग अनुसारकै अन्नको प्रयोग गरिएको छ । चामल, गहुँ, सोयाबिन, बदाम, उरिद दाल, चना दाल, रहर दाल, मुसुरो दाल, मकै, बदामी, मुंग दालको प्रयोग गरी प्रतिमा निर्माण गरिएको छ । प्रतिमा निर्माणमा १० लाख रुपैयाँको अन्न र अन्य व्यवस्थापन गरी २० लाख रुपैयाँ भन्दा बढी खर्च भएको जनकपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष साहले बताए ।

यो अन्नको प्रतिमा विश्वमै सबभन्दा ठूलो भएको दावी गरिएको छ । यसअघि भारतको अयोध्यामा बनेको १० हजार ८०० वर्गफिटको मूर्तिले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएको छ । भारतको उत्तरप्रदेशका कलाकार सतीश गुर्जरको नेतृत्वमा ८ जना र जनकपुरका ४ गरी १२ जना कालीगढले सात दिन लगाएर उक्त प्रतिमा बनाएका हुन् । यसको लागि जनकपुर उद्योग वाणिज्य संघ र जनकपुरधाम उपमहानगरपालिकाले चन्दा संकलन गरेका थिए ।

विवाहपञ्चमी सकिएपछि अन्न असहाय, विपन्न, अनाथ आश्रम, मनाव सेवा आश्रममा वितरण गरिने प्रतिमा निर्माण समितिका अध्यक्षसमेत रहेका जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए । सप्ताहव्यापी विवाहपञ्चमीको शनिबार पाचौं दिन राम र जानकीको मटकोर मनाइँदै छ । आइतबार जनकपुरमा सीताराम विवाहपञ्चमी महोत्वसको मुख्य दिन स्वयंवर र विवाह रहेको छ । विवाह पञ्चमीका लागि नेपाल र भारतबाट भक्तजनहरु जनकपुर आइरहेका छन् ।

 

  • साझा परिवेश
  • आइतवार, पुस १, २०८० १२:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid