May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

खेलकुद मन्त्रालयमा जसपा र जनमतको द्वन्द्व

  • साझा परिवेश
  • बुधबार, पुस ४, २०८० १४:१७
खेलकुद मन्त्रालयमा जसपा र जनमतको द्वन्द्व
  • मधेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयको बिजोग 
  • विवाद हुनुको मुख्य कारण मन्त्रीका दलहरु जसपा र जनमतबीचको द्वन्द्व
  • खेलकुद मन्त्रालयले प्रक्रिया पूरा गरेर शाखा आफू मातहत लान सक्ने

जनकपुरधाम ।।

मधेश भवन परिसरमा जस्तापाताले छाएको एउटा भवनमा राखिएको छ मधेशको खेलकुद तथा समाज कल्याण मन्त्रालय । कर्मचारीको आवासको लागि बनाइएको त्यस भवनमा दुईमहिना अघि मन्त्रालय राखिएपछि सचिव चुडामणि फुँयाल, एक उपसचिव, एक नायब सुब्बा र सहायक कम्प्युटर अपरेटर दैनिक आउजाउ गरिरहेका छन् । मन्त्री सुरिताकुमारी साह पनि कहिलेकाहीँ भने मन्त्रालय पुग्छिन् । मन्त्रालयमा काम नभएर मन्त्री सुरिता साह दुई दिनदेखि तीर्थ यात्रामा भारतको बाबाधाममा छिन् । ‘मन्त्रीजी तीर्थ यात्रामा बाबाधाम जानुभएको छ । भोलिसम्म आइपुग्नुहुन्छ’, मंगलबार साँझ अनलाइनखबरसंग मन्त्री साहका स्वकीय सचिव लक्ष्मी नायकले भने ।

कर्मचारीहरु पनि मन्त्रालयमा काम नभएको बताउँछन् । ‘मन्त्रालयको मुख्य दुई शाखा नै यहाँ आएकै छैन । नत दरबन्दी अनुसार कर्मचारी छन् । हामी चारजना आएर सामाजिक विकास इकाइको निर्देशिका बनाइरहेका छौं’, सचिव फुयालले भने । मन्त्रालयको मुख्य दुई शाखा खेलकुद र महिला, बालबालिका तथा समाज कल्याण महाशाखा अझैसम्म शिक्षा तथा संस्कृति मन्त्रालय मातहत नै छ । शिक्षा तथा संस्कृति मन्त्री जनमतका संसदीय दलका नेता महेशप्रसाद यादव छन् । खेलकुद तथा समाज कल्याण मन्त्रालय गत असोज तेस्रो साता शिक्षा तथा समाज कल्याण मन्त्रालय विभाजन गरेर बनाइएको थियो । त्यतिबेला बिना विभागीय मन्त्री रहेकी जसपाकी सुरिता साहलाई व्यवस्थापन गर्न मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रालय विभाजन गरेका थिए ।

१९ असोजमै सातौंपटक मन्त्रिपरिषद विस्तार गर्दा मुख्यमन्त्री यादवले जनमतका महेशप्रसाद यादवलाई शिक्षा तथा संस्कृति र सुरितालाई खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिएका थिए । मन्त्रालय फुटाइए पनि अधिकार क्षेत्र टुंगो नलाग्दा कुनै पनि काम हुन सकेको छैन । मन्त्रालयमा व्यवस्थापन गरेको कार्पेट, कुर्सी टेबुल, फर्निचर, पर्दा लगायतको सामान उधारो नै ल्याइएको सचिव फुयाल बताउँछन् । मन्त्रालयको आफ्नै खाता सञ्चालन भएको छैन र बजेट चलाउने पीएलएमबीएस कोड पनि प्रदेश कोष तथा लेखा नियन्त्रकबाट नपाएको सचिव फुयाल सुनाउँछन् ।

हाल शिक्षा तथा संस्कृति मन्त्रालयमा रहेको खेलकुद तथा समाज कल्याण शाखाका कर्मचारी पनि आफू कुन मन्त्रालय मातहत हो भन्ने अन्योलमा छन् । ‘दुबै शाखाको कुनै काम अहिलेसम्म भएको छैन । हामी यो दुई शाखाको कर्मचारी पनि अन्योलमा छौं । दातृ निकायबाट हुने काम पनि प्रभावित भएको छ’, शाखाका एक कर्मचारी गुनासो गर्छन् ‘चालु आर्थिक वर्षको ६ महिना पुग्न लाग्यो । यस्तै अन्योलमा रह्यो भने खेलकुद मन्त्रालयको धेरै कार्यक्रम नै गर्न नसकेर बजेट नै फ्रिज हुन सक्छ ।’

यी दुई मन्त्रालयबीच अधिकार क्षेत्रको विवाद हुनुको मुख्य कारण मन्त्रीका दलहरु जसपा र जनमतबीचको द्वन्द्व हो । राजनीतिक द्वन्द्वले नै यस्तो परिस्थिति आएको कर्मचारीहरुको गुनासो छ । यसमा मुख्य दोष मुख्यमन्त्रीको रहेको कर्मचारीहरु बताउँछन् । ‘यो सबै दोषी मुख्यमन्त्री नै हुनुहुन्छ । जति बेला मन लाग्यो मन्त्रालय फुटाउने तर समयमै व्यवस्थापन नगरिदिने । मन्त्रालयको विवाद मिलाउनेतिर मुख्यमन्त्रीजीको ध्यानै छैन’, एक कर्मचारी आक्रोश पोख्छन् ।

शिक्षा तथा संस्कृति मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराई मन्त्रालय विभाजन र कार्यक्षेत्र विवाद राजनीतिक मुद्दा भएको बताउँछन् । भट्टराई गत वर्ष मधेशको सामाजिक विकास मन्त्रालयको सचिव थिए । एक वर्षभित्र सामाजिक विकास मन्त्रालय टुक्र्याएर शिक्षा तथा समाज कल्याण मन्त्रालय र खेलकुद, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय बनाउँदा भट्टराई शिक्षा मन्त्रालयको सचिव हुन पुगेका छन् ।

गत वर्ष मंसिरको प्रदेशसभा निर्वाचनमा स्वतन्त्र हैसियतमा जितेर जसपा प्रवेश गरेकी सुरितालाई मुख्यमन्त्री सरोज यादवले सामाजिक विकास मन्त्री बनाएका थिए । त्यसबेला मन्त्रालय फुटाएर शिक्षा तथा समाज कल्याण बनाउँदा जनमतको भागमा परेको त्यस मन्त्रालयलाई सुरिताले महत्वपूर्ण शाखाहरु दिन चाहेकी थिइनन् । अहिले परिस्थिति फेरिएको छ, सुरिताको भागमा परेको खेलकुद मन्त्रालयलाई शिक्षा तथा संकृति मन्त्री जनमतका महेशप्रसाद यादवले शाखा दिनुपर्ने स्थिति आइपरेको छ ।

शिक्षा तथा संस्कृतिमन्त्री यादव भने खेलकुद मन्त्रालयले प्रक्रिया पूरा गरेर शाखा आफू मातहत लान सक्ने बताउँछन् । ‘टिप्पणी उठाएर सम्बन्धित मन्त्रालयबाट पत्र आउनुपर्‍यो नि, हाम्रो यो यो कुरा छ पठाइदिनुपर्‍यो भनेर । तर अहिलेसम्म आएको छैन’, मन्त्री यादव भन्छन् ।मन्त्रालय विभाजन हुँदा कुन कुन शाखा कता रहने भनेर मुख्यमन्त्रीले अहिलेसम्म निर्णय नदिएको उनको भनाइ छ । ‘मलाई त अहिलेसम्म थाहा छैन कि मेरो नेतृत्वको मन्त्रालय फुट्यो । किनभने क्याबिनेटमा कहिल्यै यो विषयमा छलफल वा निर्णय नै भएन । मुख्यमन्त्रीजीले जालझेल गरेर फुटाउनुभयो’, मन्त्री यादवले भने ।

  • साझा परिवेश
  • बुधबार, पुस ४, २०८० १४:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट