sweet bonanza
February 18, 2026 | बुधबार, फाल्गुन ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कोशी प्रदेशमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार

  • साझा परिवेश
  • सोमवार, माघ ८, २०८० १0:४३
कोशी प्रदेशमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार

विराटनगर, ८ माघ । कोशी प्रदेश सरकारले प्रदेशभरिका १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरू गरेको छ ।

मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा प्रदेश स्वास्थ्य मन्त्रालयले यस प्रदेशस्थित प्रदेश अस्पताल र चार वटा निजी अस्पतालसँग आइतबार सम्झौता गरेर बालबालिकाको निःशुल्क उपचार सुरू गरेको हो ।

मन्त्रालयले हाम्रो अस्पताल, विराट शिक्षण अस्पताल, नोबेल शिक्षण अस्पताल, काठमाडौं इन्टिच्यूट अफ चाइल्ड हेल्थ दमकसँग दुई पक्षीय सम्झौता गरी निःशल्क उपचार सुरू गरेको छ ।

दुई पक्षीय सम्झौता पत्रमा मुख्यमन्त्री कार्कीको विशेष उपस्थितिमा प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकोटा, काठमाडौं इन्टिच्यूट अफ चाइल्ड हेल्थ दमकका डा.भगवान कोइराला, नोबेल अस्पतालका निर्लेशक डा. राजेश नेपाललगायतले हस्ताक्षर गरेका थिए ।

मुख्यमन्त्री कार्कीले बच्चा अस्पतालमा भर्ना गरेर अभिभावकले ऋण खोज्न जाने दिनको आजबाट कोशी प्रदेशमा अन्त्य भएको बताएका छन् । ‘बालबालिका बिरामी भएपछि अस्पतालमा भर्ना गरेर ऋण खोज्न जाने, उपचार शुल्कमा छुट गराउनका लागि नेताको घर धाउने र उपचार खर्च तिर्न नसकेर मसानघाट लग्न फेरी नेताको घर धाउने र उपचारमा सबै सम्पति सकेपछि अन्त्यमा कात्रो किन्ने पैसा माग्नु पर्ने दिनको आजबाट कोशी प्रदेशमा अन्त्य भएको छ,’ उनले भने, ‘अस्पताल प्रमुखहरूलाई सबै बालबालिकालाई आफ्नै छोराछोरी सम्झेर उपचार गरेर कुनैपनि बालबालिकाको उपचार अभावमा ज्यान जान नदिन आग्रह छ ।’

मुख्यमन्त्री कार्कीले निजी अस्पताल पनि प्रदेश सरकार मातहतको नै भएकाले यसमा बच्चाको उपचारको लागि जुनसुकै उपकरण बिग्रिएको अवस्थामा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कोशी प्रदेशमा ५ वर्षमुनिका एक हजार बालबालिकामध्ये ३४ जनाको मृत्यु हुने गरेको बाल मृत्यु दर कोशी प्रदेशमा रहेको मन्त्रालयले जनाएको छ ।

  • साझा परिवेश
  • सोमवार, माघ ८, २०८० १0:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid