sweet bonanza
February 17, 2026 | मङ्लबार, फाल्गुन ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

संविधानलाई स्वीकारेकाहरुबाटै संविधानमाथि प्रहार भयो : गगन थापा

  • साझा परिवेश
  • शुक्रबार, माघ २६, २०८० १६:३९
संविधानलाई स्वीकारेकाहरुबाटै संविधानमाथि प्रहार भयो : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले देशको संविधानमाथि धेरै कोणबाट प्रहार भइरहेको बताएका छन् ।

शुक्रबार आयोजित नेपाली काँग्रेस काठमाडौं जिल्ला सम्मेलनमा बोल्दै उनले देशको संविधानमाथि कैंयौं कोणबाट प्रहारहरु भइरहेको भन्दै अस्वभावीक रुपमा नलिई संविधानमाथि प्रहारहरु कहाँबाट भएको छ त्यसलाई चिनेर चिर्नुपर्ने बताए ।

उनले भने, ‘आज हामीसँग यो संविधान छ । यसलाई कैयौंं कोणबाट आक्रमण भइरहेको छ । यसलाई हामी धेरै अस्वभाविक पनि नमानौं । नेपालमा मात्र होइन् । हामी एउटा चरणमा गएर यो आक्रमणहरु सकिन्छ र एकैपटक हाम्रो यात्रा सहज हुन्छ भनेर अनुमान पनि नगरौ. । अप्ठ्यारोहरु आउँछन । त्योसँग जुद्दै जाने हो । चिन्ने र चिर्ने पनि हो । संविधानमाथि प्रहारहरु कहाँबाट आएका छन् । एउटा कोण छ आक्रमण गर्ने त्यो नयाँ पात्र हामीले नचिनेको होइन् । हामीले नहराएका पनि होईन् । तीन हातबाट खोसेर जनताले यो संविधान बनाएको हो । त्यो पुर्नउत्थान प्रवृत्ति हिजो पनि थियो, आज पनि छ । हामीले चिन्नुपर्छ ।’

संविधान मानेको जस्तो देखिने र निर्वाचनमा भाग लिएको जस्तो गर्नेहरुबाट नै संविधानमाथि प्रहार हुने गरेको उनको भनाइ छ । संघर्षका दिनहरुलाई सुशासनलाई पार्टीले मन्त्र बनाउनुपर्ने धारणा राखे ।

उनले भने,‘अर्को एउटा प्रवृत्ति पनि छ । हेर्दाखेरी संविधान मानेको जस्तो देखिने निर्वाचनमा भाग लिएको जस्तो देखिने तर ख्याल ग¥यौं भने यसले हाम्रो इतिहासलाई ढिसमिस गर्छ । संघर्षका दिनलाई सुशासनसँग जोड्नुपर्छ । पार्टीले त्यसलाई मन्त्र बनाउनुपर्छ । आजको दिनमा नागरिक सबैभन्दा आजित कुशासनका कारणले छन् । त्यसैले कांग्रेसले मन्त्र बनाउनैपर्छ ।’

  • साझा परिवेश
  • शुक्रबार, माघ २६, २०८० १६:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid