May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बाँसबारी जग्गाप्रकरणमा अदालतको आदेशप्रति गृहमन्त्री असन्तुष्ट

  • साझा परिवेश
  • आइतवार, माघ २८, २०८० १६:३१
बाँसबारी जग्गाप्रकरणमा अदालतको आदेशप्रति गृहमन्त्री असन्तुष्ट

काठमाडौं । उपप्रधानमन्त्रीतथागृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी जग्गाप्रकरणमा काठमाडौं अदालतको दिएको आदेशप्रतिअसन्तुष्टि व्यक्त गरेका छन् ।
प्रतिनिधिसभाको राज्यव्यवस्थातथा सुशासन समितिको बैठकमा आइतबार बोल्दै उनलेअदालतले म्यादतोकेर दुईदिनभित्र अनुसन्धान गरेर छाडिदेऊ भनेर दिएको निर्देशनन्यायिकइतिहासमा नै पहिलो भएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले भने,‘बाँसबारी जग्गाप्रकरणको कुरा उठ्यो,राज्यका अरु अंगपनि छन् । त्यो ठीक वा बेठीकहुनपनि सक्छ । अदालतले गरेको अख्तियारले गरेको हो । त्यसमाहामीले हस्तक्षेप गर्न मिल्दैन । अदालतले पहिले नै दुई दिनभित्र सक अनुसन्धान, त्यसपछि छोड भनेर पुलिस अधिकारीलाई निर्देशनदिने अहिलेसम्मको न्यायालयको इतिहासमा छैन,यो पहिलो हो ।’

उक्तप्रकरणमा प्रहरीले व्यवसायी अरुण चौधरीसँगै अरु दुई जनालाई पक्राउ गरेको थियो । तीनै जनाअदालतीआदेशपछि थुनामुक्तभइसकेका छन् । समितिमाउक्तप्रकरणबारे सदस्यले प्रश्न उठाएपछि गृहमन्त्रीश्रेष्ठले जवाफदिएकाहुन् ।
अदालतप्रतिआफ्नो सम्मान रहेकाले आदेश कार्यान्वयन गरेपनिकाठमाडौं जिल्लाअदालतको यो आदेशप्रतिभने प्रश्न उठेकोउनले बताए । अदालतले आरोपितलाई छाड्ने आदेश दिएपनिआफूहरुले भने मुद्दा भने नछाडेको उनले जिकिर गरे ।

त्यस्तै बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाँसबारी जग्गाप्रकरणमा नेपालीकांग्रेसका सांसद विनोद चौधरीसँगबयानलिइयो कि लिइएनभन्दै गृहमन्त्रीश्रेष्ठसँग प्रश्न गरेका थिए ।

उनले जग्गाप्रकरणमा अरुण चौधरीकै बराबर सेयर विनोद चौधरीको पनि रहेको भन्दै प्रश्न गरेकाहुन् ।
उनले प्रश्न गरे,‘बाँसबारी जग्गाप्रकरणमाजग्ग हडप्दा अरुण चौधरीकोजत्तिकै सेयर भएकाअन्य साझेदारमध्येसत्तारुढ दलका सांसद विनोद चौधरीलाई अनुसन्धानको दायरामा राखेर बयानलिन सकिन्थ्यो होला। त्यो बयानलिइयो कि लिइएन?कारबाहीको दायरामा ल्याउनुपर्छ भनेको होइन,बयानलिइयो कि लिइएनभनेको मात्रहो।’

  • साझा परिवेश
  • आइतवार, माघ २८, २०८० १६:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट