sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सत्यनारायणको फोटो नराखे, कृष्णप्रसादको फुटाइदिन्छौं :आङकाजी

  • साझा परिवेश
  • सोमवार, माघ २९, २०८० १५:२९
सत्यनारायणको फोटो नराखे, कृष्णप्रसादको फुटाइदिन्छौं :आङकाजी

काठमाडौं । जनजाती नेता आङकाजी शेर्पाले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा पुगेर महासंघका संस्थापक कृष्णप्रसाद भट्टराईको तस्विर फुटाइदिने धम्की दिएका छन् ।

सोमबार केही युवाहरुका साथमा महासंघको केन्द्रीय कार्यालय संचारग्राम पुगेका शेर्पाले सत्यनारायण बहादुर श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष मान्नुपर्ने र उनको तस्विर तत्कालै महासंघ अध्यक्षको कार्यकक्षमा झुन्ड्याउन कर्मचारीलाई चेतावनी दिए । उनले श्रेष्ठको तस्विर संस्थापक अध्यक्ष भट्टराईसँगै नझुण्ड्याए आफूहरुले कार्यकक्षमै पसेर भट्टराईको तस्विर फालिदिने धम्की दिएको कर्मचारीहरुले बताए । शेर्पाले महासंघका कर्मचारीलाई श्रेष्ठको फोटो थमाउँदै भने, ‘अध्यक्षको कार्यकक्षमा भएको कृष्णप्रसाद भट्टराईको फोटो हट्नुपर्यो । होइन भने हामीले फोटो तोड्नुपर्ने अवस्था नआओस् । अध्यक्षको कार्यकक्षमा कृष्णप्रसाद भट्टराईको अगाडि सत्यनाराण बहादुर श्रेष्ठको फोटो राखिएन भने हामी एउटा पनि फोटो बाँकी राख्दैनौं ।’

उनले थपे ‘एक महिनाभित्र यो चेन्ज भएन भने हामीबाट कुनैपनि प्रकारको भौतिक कारबाही हुनसक्छ । यो विवाद हामीले होइन पत्रकार महासंघले निकालेको हो ।’ नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरूको जीवनीमा आधारित पुस्तक ‘अग्र अनुहार’ आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को विरोधकाबीच आइतबार विमोचन गरिएको थियो । सो क्रममा फोनिजका पदाधिकारीहरुले पुस्तक च्यातेर ‘उग्र हर्कत’ देखाएका थिए । यता, नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष वालकृष्ण अधिकारीले पुस्तक प्रकाशन गरेर रचनात्मक र सकारात्मक कार्य गरेको प्रतिक्रिया दिएका छन् ।

पुस्तक च्यात्ने कामप्रति दुःख व्यक्त गर्दै उनले तथ्यांकमा नपुगी संगठनको सिमा र बाध्यता विपरीत विमोचनमा भएको हर्कत पत्रकार र पत्रकारिता क्षेत्रका लागि अशोभनीय कुरा भएको बताए ।

  • साझा परिवेश
  • सोमवार, माघ २९, २०८० १५:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid