June 13, 2025 | शुक्रबार, जेष्ठ ३२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

जाजरकोट भूकम्पले भासिए बस्ती, जङ्गलमै बास

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन ३, २०८० 0८:२१
जाजरकोट भूकम्पले भासिए बस्ती, जङ्गलमै बास

रुकुमपश्चिम । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–११ का दुई बस्ती भासिएका छन्। गत कात्तिक १७ गतेको भूकम्पले २५ घरधुरी रहेको मङ्ग्रागाउँ र सात घरधुरी रहेको सिमपाखा बस्ती भासिएपछि अस्थायी आवास निर्माणको कामसमेत प्रभावित बनेको छ। अहिले मङ्ग्रागाउँ टोलवासीले पाखामै जस्तापाताले बेरेर अस्थायी आवास बनाउन थालेका छन् भने सिमपाखाका भूकम्प प्रभावित अझैसम्म घर फर्केर बस्न सकेका छैनन्। उनीहरू नजिकैको जङ्गलको बिचमा दिनरात काटिरहेका छन्।

सिमपाखाका बलबहादुर कामीले सात घरपरिवार अहिलेसम्म स्थानीय घोडेपाइला सामुदायिक वनमा टहरा बनाएर बसिरहेको बताए । भूकम्पमा परेर घाइतेसमेत भएका उनले सिमपाखाको भूभाग भासिएको र बस्न डर लाग्ने अवस्था भएकोले घरमा नगएको बताए । उनले अन्यत्र कतै पनि जग्गा नभएकाले सरकारले दिएको अनुदान रकमले जङ्गलकै बिचमा टहरा बनाएर बस्न बाध्य भएको उल्लेख गर्दै भने, “वन समितिले वन क्षेत्रमा बस्न नमिल्ने बताएपछि आफूहरूलाई अहिले बासको पिरलो छ।”

सोही टोलका हरिबहादुर थापाले सात घरका २५ जना अहिले जङ्गलको बिचमा बसिरहेको र चिसोले ज्यान थप जोखिममा परेको बताए। त्यहाँ तीन जना सुत्केरी र नाबालकसमेत छन्। भूकम्पको रातपछि नियमित छ दिनसम्म खुला आकाशमै बस्नु परेको र वनको बिचमा सामुदायिक स्वास्थ्य भवन बनाउनलाई खनिएको जग्गामा आएर बसेको उनले सुनाए।

मङ्ग्रागाउँ टोलका करिब २५ घरपरिवार अहिले भासिएकै भिरालो पाखोमा बस्न बाध्य छन्। वडा नं। ११ का वडा सदस्यसमेत रहनुभएका स्थानीय जगवीर बटालाले जसोतसो टिनका टहरा बनाए पनि घर बनाउन लायक जमिन नभएको बताए । उनका अनुसार दुवै टोलको माथिल्लो भागबाट खनिएको सिमपाखा–गोइरी–रातामाटा सडक, टोलको छेउबाटै बनाइएको गिजागार–चौर सिँचाइ नहर र गाउँदेखि तल्लो भागमा रहेको राडी हुँदै रिम्ना जाने सडकका कारण बस्ती नै जोखिममा रहेका थिए। अहिले भूकम्पपछि उक्त क्षेत्रको जमिन कम्मरभन्दा बढी भासिएकाले थप जोखिम बढेको उनको भनाइ छ। वडा कार्यालयको तथ्याङ्क अनुसार भूकम्पमा परेर वडाका छ जनाको मृत्यु भएको थियो भने घरबास क्षति पुगेका एक हजार ५१४ परिवार हालसम्म लाभग्राही कायम भएका छन्। यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन ३, २०८० 0८:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट