April 6, 2025 | आइतवार, चैत्र २४, २०८१
सुचनाहरु
चैते दसैँमा मासु खादा घाँटीमा अड्किएर एक जनाको मृत्यु यति एयरलाइन्सको जहाजबाट भैरहवा पठाइयो रबिलाई, अब के हुन्छ?  अदालतको आदेशपछी प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि लामिछाने जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ  रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा? ३५ मिनेटको भेटमा भारतिय  प्रधानमन्त्रीसँग के कुरा भयो  प्रधानमन्त्री  ओलीको?  झापामा भेटियो दुर्गा प्रसाईं चढेको गाडी, कहाँ छन् दुर्गा प्रसाईं?  यीनै हुन् ४ वर्षीया बालिका अपहरण गरी लैजाने व्यक्ति वायु प्रदुषणले बिगार्दैछ आँखा, यसरी बचाउनुहोस् आँखालाई मोरङमा कुकुरको टोकाइबाट ६० एक वृद्धको गयो ज्यान  कुलमानको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश  काठमाडौ महानगरका कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्षमा पुर्याएरै छाडे  नाच्दै गाउँदै शिक्षकहरुले गरे बेग्लै बिरोध प्रर्दशन सगरमाथा आधार शिविरमा काम गर्ने श्रमिकको गयो ज्यान   प्रधानमन्त्री ओलीले र भारतीय समकक्षी मोदीलाई थाइल्याण्डमा भेट्दै खानेतेलको मूल्य प्रतिलिटर १५ देखि ४० रुपैयाँसम्म बढ्यो   २५ करोडका मालिकको पहिचान   जडिबुटिमा राजावादी प्रदर्शनकारीको आगजनीले २८ करोडभन्दा बढीको क्षति शिक्षकहरु फेरी उत्रिए राजधानी केन्द्रित आन्दोलनमा

अर्थतन्त्रका कुनै सूचक सकारात्मक छैनन् : विष्णु पौडेल

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन २४, २०८० १५:0९
अर्थतन्त्रका कुनै सूचक सकारात्मक छैनन् : विष्णु पौडेल

काठमाडौँ । पूर्व अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलले अर्थतन्त्रका कुनै पनि सूचक सकारात्मक नरहेको दाबी गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले नेपाली अर्थतन्त्र मन्दीको अवस्थामा पुगेको जिकिर गरे । ‘अर्थतन्त्रमा समस्या छन्, परिसूचक नकारात्मक छन् तर निवर्तमान अर्थमन्त्री आँकडा सच्याउन हिँड्नुभयो,’ उनले भने, ‘आँकडा सच्याएर हुँदैन, अवस्था सच्याउनुपर्छ ।’

गलत सूचना सम्प्रेषण गरेर अर्थतन्त्र दुरुस्त छ भनेर दाबी गर्नु आपत्तिजनक रहेको पनि पौडेलले प्रस्ट पारे । ‘राजस्वको लक्ष्य पूरा हुन सक्दैन, स्वयं निवर्तमान अर्थमन्त्रीले गरेको संशोधिन अनुमानमा पुग्न पनि गाह्रो छ,’ उनले भने, ‘खर्च गर्न नसक्ने अवस्था छ । निर्माण व्यवसायी भुक्तानी मागिरहेका छन् तर सरकार खर्च गर्न सकिरहेको छैन ।’

आर्थिक वर्षको सुरुका महिनामा सामान्यतया आन्तरिक ऋण नउठाइने भए पनि यसअघिको सरकारले आन्तरिक ऋण उठाउने अवस्थामा पुगिसकेको अवस्थामा समेत अर्थतन्त्र सकारात्मक रहेको भ्रामक प्रचार गरेको पौडेलको आरोप छ ।

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन २४, २०८० १५:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट