सहकारी ठगिका विषयमा प्रतिपक्षि तथा सत्ता पक्ष सबै तिर बाट प्रश्न उठिरहेको बेला नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले सरकारले छानविन आयोग बनाउन माग गरेका छन् ।
उनले सरकारले यस तर्फ सोच्नुपर्ने बताएका हुन । यसका लागि सहकारीको रकम अपचलन भएको भनी उठेका विषयहरुको कारण खोजी गर्न सरकारले अधिकारसम्पन्न आयोग बनाएर अनुसन्धान गर्नुपर्ने उनको राय छ ।
‘सहकारी आन्दोलनलाइ संरक्षण गर्न सरकारले तत्काल अधिकार सम्पन्न छानबिन आयोग बनाउन पर्छ र जिम्मेवारपूर्वक दोषी खोजी गर्नुपर्छ’ सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दोहोर्याए, ‘म सरकारलाई आग्रह गर्न चाहन्छु(तत्काल अधिकार सम्पन्न छानबिन आयोग बनाऔं ।’