पुरुष न्यायधीशहरुले सम्पादन गर्ने काम भन्दा तुलनात्मक रुपमा महिला न्यायधीसहरुले सम्पादन गर्ने काम विवादरहित हुने न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बताएका छन्।
उनले शुक्रबारबाट ललितपुरमा सुरु भएको महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पुरुषको तुलनामा महिला न्यायाधीशले हेरेका मुद्दा विवादरहित रहेको बताएका हुन् । कार्यक्रममा उनले भनेका छन् , ‘महिला न्यायाधीशहरूले गर्नुभएको न्याय सम्पादन न्यायको मर्मको गहिराइसम्म पुगेर हुने गरेको अनुभवले देखाएको छ । यो हामी सबैको लागि गौरवको विषय हो ।’
मन्त्री गिरीले कानुनी पाटोमा महिलाको भुमिकालाई खुलेर प्रशंसा गारेका छन् ।