कोशी प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा बिन्दिया कार्की नियुक्त भएकी छन् ।
कोशी प्रदेश मन्त्री परिषद्को आज बसेको बैठकले रिक्त रहेको कोशी प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा बिन्दिया कार्की, बोर्डको सदस्यमा मदन खड्का र गौरीमान राईलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
यस अघि नियुक्त भएकी उपाध्यक्ष जिनाजङ्ग कार्की अमेरिका गएपछि उनको ठाँउमा बिन्दियालाई नियुक्त गरिएको हो । बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयको वित्तीय समानीकरण अनुदान निर्धारण गरी बाँडफाँड गर्ने, बेरुजु न्यूनीकरण तथा फर्छयौट सम्बन्धी कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।
सामाजिक विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयमा विकास साझेदार पोर्टल ‘डिपि पोर्टल’ प्रयोगमा ल्याउने निर्णय भएको छ ।