WordPress database error: [Disk full (/tmp/#sql-temptable-49a-7c88c5-4112a.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `wp_postmeta`


विराटनगर । सुनसरी प्रशासनले हरिनगर गाउँपालिकाका सबै वडा र देवानगन्ज गाउँपालिकाको वडा नम्बर १ र ६ मा निषेधाज्ञा जारी गरेको छ । २ समूहबीच झडप भएपछि स्थानीय प्रशासनले दुई पालिकामा भेला/ प्रदर्शन र र्यालीमा रोक लगाएको हो ।
शुक्रबार सुनसरीका कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले एक आदेश जारी गर्दै शुक्रबार दिउँसो १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधादेश जारी गरिएको बताएका छन् । निषेधाज्ञाका बेला सामाजिक, धार्मिक तथा राजनीतिक सभा, र्याली-भेलाजम्मा प्रदर्शनलगायतका कुनै पनि कार्यक्रम गर्न नपाइने उल्लेख छ ।
बिहीबार हरिनगर गाउँपालिका-१ भुटाहामा एक युवकमाथि कुटपिट भएको भन्दै दुई समूहबीच तनाव चर्किएको हो । शुक्रबार दुई समूहबीच उग्ररूप लिएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको हो । प्रहरीले ११ राउण्ड अश्रूग्यास पनि प्रहार गरेको छ । कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दीपक सिग्देलले दुई समूहबीचको झडपलाई नियन्त्रणमा लिने क्रममा ६ राउण्ड हवाइ फायर गरेको बताए ।
उनका अनुसार दुई पक्षबीचको झडपमा चार जना सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारका लागि विराटनगर ल्याइएको छ ।
