May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राजतन्त्र ल्याउँछु भन्नेसँग वार्ता हुँदैन : सञ्चारमन्त्री शर्मा

  • साझा परिवेश
  • बिहिबार, चैत्र २९, २०८० 0८:0६
राजतन्त्र ल्याउँछु भन्नेसँग वार्ता हुँदैन : सञ्चारमन्त्री शर्मा

बिर्तामोड । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले सबै समस्याको हल संवाद र छलफलबाट सम्भव भएपनि राजतन्त्र ल्याउँछु भन्नेसँग वार्ता नहुने बताएकी छन् । बुधबार झापाको बिर्तामोडमा पत्रकारहरुसँग कुरा गर्दै उनले पश्चगामी सोच र उद्देश्य प्रेरित आन्दोलनको कुनै अर्थ नहुने स्पष्ट पारिन् ।

‘अग्रगमनले मात्रै समाज रुपान्तरण र मुलुकको विकास सम्भव छ,’ उनले भनिन्, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको एजेन्डा र आन्दोलन पश्चगामी चरित्रको हो, त्यस्तो एजेन्डा बोकेर आन्दोलन गर्नेसँग सरकारले वार्ता गर्दैन ।’

लोकतान्त्रिक गणतन्त्रको अर्को विकल्प तत्काल नभएकाले हिजै पार गरेर आइसकेको राजतन्त्र अर्को विकल्प हुनै नसक्ने उनले जिकिर गरिन् । उनले अग्रगामी चेतनाका साथ सडकमा आउने, लोकतन्त्रमा शान्तिपूर्ण आन्दोलन गर्ने छुट सबैलाई हुनेमा शंका नगर्न आग्रह गरिन् । लोकतान्त्रिक व्यवस्था भएकै कारण स्वतन्त्रतापूर्वक आफ्ना कुरा राख्ने अवस्था सिर्जना भएको मन्त्री शर्माले बताइन् ।

उनले राजकीय पदको आडमा नियम कानुन मिच्ने छुट जो कसैलाई नहुने र गल्ती गर्ने कारबाहीको दायरामा आउने बताइन् ।

प्रेस सेन्टर झापाले आयोजना गरेको सो पत्रकार भेटघाटमा उनले इलाममा जनाधार नभएर नभै, सहकार्य र नयाँ सत्ता समीकरणलाई नयाँ शिराबाट अघि बढाउने दीर्घकालीन सोँच र योजनाका साथ नेकपा माओवादी केन्द्रले उम्मेदवार नउठाएको स्पष्ट पारिन् ।

‘पार्टी अभिमतबाट भागेको, डराएको केही पनि होइन, हाम्रो त्यहाँ राम्रै जनाधार छ, उनले भनिन्, ‘सुवास नेम्वाङ सधैं राजनीतिक एकता र सहकार्यमा जोड दिइरहनु हुन्थ्यो, उहाँकै सम्मानमा पार्टीले सुहाङलाई समर्थन गर्ने निर्णय गरेको हो ।’

मन्त्री शर्माले गृहमन्त्रीको रवि लामिछाने लक्षित संसद र सडकमा भइरहेको विरोधलाई राजनीतिक पूर्वाग्रहको संज्ञा दिइन् । उनले दूरसञ्चार, सुनकाण्ड, शरणार्थी प्रकरण, ललिता निवास, सहकारी काण्डमा दोषी देखिए सरकारले कसैलाई नछाड्ने जिकिर गरिन् ।

मन्त्री शर्माले मुलुकमा आमसञ्चार र सूचना प्रविधिलाई समेट्ने कानुन नै नभएकोले आफ्नो मन्त्रालय सो काममा जुटेको बताउँदै आज हुने क्याबिनेट बैठक मार्फत मिडिया काउन्सिल ऐन दर्ता प्रक्रिया अगाडी बढ्ने बताइन् ।

साइबर सुरक्षा केन्द्र स्थापना र सामाजिक सञ्जाल निर्देशिका प्रस्तुत भइसकेको उनले जानकारी दिइन् । मन्त्री शर्माले एक बर्षको अवधिमा थुप्रै राम्रा कामहरु गरेको बताइन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राम्रो गर्ने इच्छा अनुसार नै मन्त्रीमण्डलले काम गरिरहेकाले आमसञ्चार विधेयकमा समेट्नु पर्ने केहि बिषय भए सुझाव दिनसमेत मन्त्री शर्माले आग्रह गरिन् । सरकारले गर्नु पर्ने कामका बारेमा र गरेका राम्रा कामका बारेमा जनता समक्ष पुर्याउन सञ्चार जगतले पुलको काम गर्नु पर्ने मन्त्री शर्माको भनाई थियो ।

प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष राजु पाठकको अध्यक्षतामा भएको कार्यक्रम सचिव पुष्प खड्काले सञ्चालन गरेका थिए ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र २९, २०८० 0८:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट