sweet bonanza
February 15, 2026 | आइतवार, फाल्गुन ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह

  • साझा परिवेश
  • सोमवार, बैशाख १७, २०८१ १२:५५
लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गर्मी र सुख्खापन बढेसँगै प्रभावित क्षेत्रका सर्वसाधारणको राहत र उद्धारमा खटिन पार्टी पक्तिलाई निर्देशन दिएको छ । पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले सोमबार विज्ञप्ति जारी गर्दै देशका विभिन्न भागमा आगलागी एवं डढेलोका कारण जनधनको व्यापक क्षति भएको र हजारौँ नागरिक पीडित हुन पुगेको बताएका छन् ।

‘देशैभरि वायु प्रदूषण उच्च मात्रामा बढ्दा र तापक्रममा उच्च वृद्धिका कारण विशेष गरी तराईका जिल्लाहरूमा तातो हावा र लुको लहरले जनजीवन प्रभावित बनेको छ’, सापकोटाले भनेका छन्, ‘हाम्रो पार्टी एवं भातृ सङ्गठनका नेता–कार्यकर्ता एवं स्वयंसेवकहरू उद्धार तथा राहतका साथसाथै मानवीय सहायता व्यवस्थापनमा खटिन हार्दिक आह्वान गर्दछौँ ।’

माओवादीले चुनौतीपूर्ण यस घडीमा पीडित परिवार तथा समुदायलाई उद्धार, राहत, उपचार तथा सुरक्षा जस्ता आधारभूत सेवा प्रदान गर्न राज्यका सबै निकायको गम्भीर ध्यानाकर्षण गराएको छ । ‘विपद्का घडीमा स्थानीय तह नै अग्रपङ्क्तिमा हुनुपर्ने भएकोले दमकल, एम्बुलेन्स, खाद्यान्न, औषधोपचार आदिको प्रबन्ध गरी पूर्व तयारी लाई चुस्त बनाउन पालिकाहरूलाई अपिल गर्दछौँ’, माओवादी केन्द्रले भनेको छ, ‘यी र यस्ता विपद्का जोखिमहरू कम गर्न, घटना भइहाले शीघ्र प्रतिकार्य गर्न आफ्ना पालिकावासीलाई जनचेतनाका कार्यक्रममार्फत घरेलु र स्थानीय उपायसहित तम्तयार राख्न पनि आह्वान गर्दछौँ ।’

त्यसैगरी माओवादीले विपद्जन्य अवस्थामा गर्नुपर्ने उद्धार तथा राहतका लागि पालिकाहरूलाई सहयोग गर्न, सबल बनाउन तथा आवश्यक सामग्रीहरूको व्यवस्था गर्न प्रदेश तथा सङ्घीय सरकारका सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ ।

  • साझा परिवेश
  • सोमवार, बैशाख १७, २०८१ १२:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid