नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खस्दा स्काभेटर चालकको मृत्यु भएको छ।
सडक डिभिजन कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा बर्दिया घर भएका ३८ वर्षीय मंगल चौधरी रहेका छन्।
आइतबार बिहान पुल बनाउन पहाड काट्ने क्रममा ढुङ्गासहितको पहिरो खस्दा पुरिएर उनकाे मृत्यु भएकाे हाे।
पहिरोले स्काभेटरमा पनि क्षति पुगेको छ। अहिले सडक भने सञ्चालनमा आएको छ।