sweet bonanza
February 2, 2026 | सोमवार, माघ २१, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

गौरादह ८ मा सार्वजनिक सुनुवाइ तथा सुझाव कार्यक्रम सम्पन्न

  • साझा परिवेश
  • सोमवार, असार १७, २०८१ १७:५९
गौरादह ८ मा सार्वजनिक सुनुवाइ तथा सुझाव कार्यक्रम सम्पन्न

 

जेबि खड्का

गौरादह/भौतिक पुर्वाधार , खानेपानी, शिक्षा, स्वास्थ्य र कृषि लगायतका क्षेत्रमा वडाबासिले प्रत्यक्ष राहात पाएकाे महसुस हुने गरि बिकास निर्माणका काम गर्न वडा बासिले सुझाव दिएका छन।

गौरादह नगरपालिका वडा नं -८ ले आयाेजना गरेकाे सार्वजनिक सुनुवाइ तथा सुझाव संकलन कार्यक्रममा समृद्ध नगरकाे परिकल्पना गर्न स्थानीय सरकारले  नागरिकका दैनिक जीवनमा आइपर्ने समस्याकाे निराकरणमा उत्तरदायी पुर्ण भुमिका निर्वाह गर्नुपर्ने स्थानीय बासिन्दाले सुझाव दिएका छन। वडा स्तरीय सार्वजनिक सुनुवाइ तथा सुझाव संकलन कार्यक्रममा वडा नं -८ का पुर्ब वडाध्यक्ष भुमिराज पाेख्रेलले वडा भित्र रहेका सडकहरु ग्राभेल भइसकेकाले सानातिना मर्मतमा बजेट बिनियाेजन गरेपनि अब  कालाेपत्र गर्नका लागि  पहल गर्न वडा स्थानीय सरकारलाई सुझाव दिनुभयाे।

वडा नं -८ काे स्वास्थ्य चौकी भवन निर्माण कार्य सम्पन्न भएकाे देखिएपनि स्वास्थ्य कर्मी बसेर सेवा दिन सक्ने अवस्था नरहेकाले त्यसतर्फ स्थानीय सरकारकाे ध्यानाकर्षण गराउनु भयाे। स्थानीय स्याम ढकालले वडामा नसुनिने गौरादहमा रहेकाे एफएमलाई बजेट किन बिनियाेजन गरिएकाे हाे? भनी जिज्ञासा राख्नु भयाे। भक्त राज काेईरालाले बर्तमान परिस्थितिमा घरमा रडियाे नभएकाे र  एफएम सुन्ने समय नभएको अवस्थामा त्यसतर्फ बजेट बिनियाेजन नगर्न सुझाव दिदै युवाका लागि खेल मैदानको व्यवस्था गर्न अनुराेध गर्नु भयाे।

सार्वजनिक सुनुवाइ कार्यक्रममा बेद प्रसाद भण्डारीले जुराेपानी बजारलाई जग्गा प्राप्त भएपनि हाल सम्म सदुपयोग नभएकाे, जुराेपानीमा टावर अभावका कारण फाेनमा समस्या भएकाे जानकारी गराउदै वडा नं -८ भित्र रहेका सार्वजनिक जग्गाकाे लगत राखि संरक्षण गर्न सुझाव दिएका थिए। प्रगति मा.बि. का प्रधानाध्यापक डिल्लीराम अधिकारीले शिक्षामा बजेट कम भएकाे जानकारी गराएका थिए। चन्द्र बहादुर तामाङले बिकासका नाममा निर्माण भइरहेका सडकहरु मापदण्ड अनुसार नभएकाले निर्माण पूरा हुदानहुदा भत्कने गरेका बताएका थिए। नारायण प्रसाद गौतमले किसानहरुलाई सिचाइका लागि आवश्यक पर्ने ठाउँमा बिधुत लाइनको बिस्तार गर्न सुझाव दिएका थिए।

डिल्लीराम सिवाकोटीले किसानहरूले समयमा रासायनिक मल नपाएकोमा आपत्ति प्रकट गर्दै आएकाे मल बिचौलियाका हातमा पुग्दा किसान मारमा परेकाले स्थानीय सरकारले खबरदारी गर्नुपर्ने धारणा राखेका थिए। कार्यक्रमकाे सभापति समेत रहेका वडा नं -८ का वडाध्यक्ष गणेश कुमार राजवंशीले आर्थिक बर्ष २०८०/०८१ मा वडाले गरेका कामकाे जानकारी गराउदै वडा बासिले राखेका जिज्ञासाकाे जवाफ दिएका थिए।

वडा सचिब खेलि कुमार राईले वडा कार्यलयबाट नागरिकलाई दिइएको सेवा र संकलन भएकाे करका बिषयमा जानकारी गराएका थिए। वडा सदस्य हेमनसरि राजवंशीले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा वडा सदस्य हाेम प्रसाद ढकाल (विशाल) ले कार्यक्रम संचालन गरेका थिए।

 

  • साझा परिवेश
  • सोमवार, असार १७, २०८१ १७:५९

प्रतिक्रिया

casino giriş
casino bet giriş
casino giriş
online pokies payid