July 5, 2024 | शुक्रबार, असार २१, २०८१
सुचनाहरु
गायिका समिक्षा अधिकारीको `फेसनको पातलो चोली´ सार्वजनिक रास्वपाका मन्त्रीहरुले तत्काल पद नछाड्ने बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो? रास्वपा महामन्त्री ढकाल पदबाट निलम्बित रवि लामिछानेविरुद्धको रिटमा आज जबाफी बहस हुँदै गौरादह ८ मा सार्वजनिक सुनुवाइ तथा सुझाव कार्यक्रम सम्पन्न नेपाल प्रहरिको बिपद प्रतिकार्य प्रदर्शनी पशुपतिको भेटी चोरी प्रकरणमा ५ जना जेल चलान आफूले बोल्ने दिन पर्याप्त मन्त्री र सांसद नआएकोमा प्रचण्ड असन्तुष्ट सुनको मूल्य बढ्यो निर्माण व्यवसायीलाई भुक्तानीको समस्या छैन- प्रधानमन्त्री दुग्ध किसानको भुक्तानी तत्काल गर्न विश्वप्रकाशको सरकारलाई ध्यानाकर्षण बन्दैछ धिमाल कला र संस्कृति बचाउने गीत “लोसु लोसु लोसु” गीत लिएर आउदैछन अर्जुन धिमाल गौरादह २ को वडास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न श्री केश तेल गुणस्तरीय रहेको उत्पादन कम्पनीको दावी घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? कस्तो रहला आजको मौसम ? प्रतिनिधि सभाको बैठक दुई दिन स्थगित मोदीको शपथ ग्रहणमा भाग लिन प्रधानमन्त्री दाहाल आज भारत जाँदै दुर्ब्यशन विरुद्ध रङ्गभर्दै गौरादह जेसीज

गौरादह ८ मा सार्वजनिक सुनुवाइ तथा सुझाव कार्यक्रम सम्पन्न

  • साझा परिवेश
  • सोमवार, असार १७, २०८१ १७:५९
गौरादह ८ मा सार्वजनिक सुनुवाइ तथा सुझाव कार्यक्रम सम्पन्न

 

जेबि खड्का

गौरादह/भौतिक पुर्वाधार , खानेपानी, शिक्षा, स्वास्थ्य र कृषि लगायतका क्षेत्रमा वडाबासिले प्रत्यक्ष राहात पाएकाे महसुस हुने गरि बिकास निर्माणका काम गर्न वडा बासिले सुझाव दिएका छन।

गौरादह नगरपालिका वडा नं -८ ले आयाेजना गरेकाे सार्वजनिक सुनुवाइ तथा सुझाव संकलन कार्यक्रममा समृद्ध नगरकाे परिकल्पना गर्न स्थानीय सरकारले  नागरिकका दैनिक जीवनमा आइपर्ने समस्याकाे निराकरणमा उत्तरदायी पुर्ण भुमिका निर्वाह गर्नुपर्ने स्थानीय बासिन्दाले सुझाव दिएका छन। वडा स्तरीय सार्वजनिक सुनुवाइ तथा सुझाव संकलन कार्यक्रममा वडा नं -८ का पुर्ब वडाध्यक्ष भुमिराज पाेख्रेलले वडा भित्र रहेका सडकहरु ग्राभेल भइसकेकाले सानातिना मर्मतमा बजेट बिनियाेजन गरेपनि अब  कालाेपत्र गर्नका लागि  पहल गर्न वडा स्थानीय सरकारलाई सुझाव दिनुभयाे।

वडा नं -८ काे स्वास्थ्य चौकी भवन निर्माण कार्य सम्पन्न भएकाे देखिएपनि स्वास्थ्य कर्मी बसेर सेवा दिन सक्ने अवस्था नरहेकाले त्यसतर्फ स्थानीय सरकारकाे ध्यानाकर्षण गराउनु भयाे। स्थानीय स्याम ढकालले वडामा नसुनिने गौरादहमा रहेकाे एफएमलाई बजेट किन बिनियाेजन गरिएकाे हाे? भनी जिज्ञासा राख्नु भयाे। भक्त राज काेईरालाले बर्तमान परिस्थितिमा घरमा रडियाे नभएकाे र  एफएम सुन्ने समय नभएको अवस्थामा त्यसतर्फ बजेट बिनियाेजन नगर्न सुझाव दिदै युवाका लागि खेल मैदानको व्यवस्था गर्न अनुराेध गर्नु भयाे।

सार्वजनिक सुनुवाइ कार्यक्रममा बेद प्रसाद भण्डारीले जुराेपानी बजारलाई जग्गा प्राप्त भएपनि हाल सम्म सदुपयोग नभएकाे, जुराेपानीमा टावर अभावका कारण फाेनमा समस्या भएकाे जानकारी गराउदै वडा नं -८ भित्र रहेका सार्वजनिक जग्गाकाे लगत राखि संरक्षण गर्न सुझाव दिएका थिए। प्रगति मा.बि. का प्रधानाध्यापक डिल्लीराम अधिकारीले शिक्षामा बजेट कम भएकाे जानकारी गराएका थिए। चन्द्र बहादुर तामाङले बिकासका नाममा निर्माण भइरहेका सडकहरु मापदण्ड अनुसार नभएकाले निर्माण पूरा हुदानहुदा भत्कने गरेका बताएका थिए। नारायण प्रसाद गौतमले किसानहरुलाई सिचाइका लागि आवश्यक पर्ने ठाउँमा बिधुत लाइनको बिस्तार गर्न सुझाव दिएका थिए।

डिल्लीराम सिवाकोटीले किसानहरूले समयमा रासायनिक मल नपाएकोमा आपत्ति प्रकट गर्दै आएकाे मल बिचौलियाका हातमा पुग्दा किसान मारमा परेकाले स्थानीय सरकारले खबरदारी गर्नुपर्ने धारणा राखेका थिए। कार्यक्रमकाे सभापति समेत रहेका वडा नं -८ का वडाध्यक्ष गणेश कुमार राजवंशीले आर्थिक बर्ष २०८०/०८१ मा वडाले गरेका कामकाे जानकारी गराउदै वडा बासिले राखेका जिज्ञासाकाे जवाफ दिएका थिए।

वडा सचिब खेलि कुमार राईले वडा कार्यलयबाट नागरिकलाई दिइएको सेवा र संकलन भएकाे करका बिषयमा जानकारी गराएका थिए। वडा सदस्य हेमनसरि राजवंशीले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा वडा सदस्य हाेम प्रसाद ढकाल (विशाल) ले कार्यक्रम संचालन गरेका थिए।

 

  • साझा परिवेश
  • सोमवार, असार १७, २०८१ १७:५९

प्रतिक्रिया