May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

४३ जिल्ला वर्षाको उच्च जोखिम, आवश्यक पूर्वतयारी गर्न आह्वान

  • साझा परिवेश
  • बिहिबार, असार २७, २०८१ ११:४२
४३ जिल्ला वर्षाको उच्च जोखिम, आवश्यक पूर्वतयारी गर्न आह्वान

हिजो रातिदेखि शनिवारसम्म ४३ जिल्लामा मनसुनी वर्षाको उच्च जोखिम रहेको चेतावनी जारी भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मनसुन विशेष बुलेटिन जारी गर्दै कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक अन्य प्रदेशका अधिकांश जिल्लामा विपद प्रतिकार्यका गतिविधि तत्काल गर्नुपर्ने चेतावनी दिएको हो।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानसहित मधेश, लुम्बिनी र सुदूरपश्चिमका १/२ स्थानमा मुसलधारे वर्षा हुने महाशाखाको बुलेटिनमा उल्लेख छ।

काठमाडौँ उपत्यका र अन्य २३ जिल्लामा मध्यम जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी ३ दिन, बाढी, पहिरो, डुबान तथा नदीमा पानीको सतह बढ्ने जोखिम रहेको भन्दै महाशाखाले आवश्यक पूर्वतयारी गर्न आह्वान गरेको छ।

मनसुनी न्यूनचापीय रेखा आज रातिबाट अझै नेपालतिर सर्ने सम्भावना रहेको र भोलिदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून प्रणालीमा विकसित हुने भन्दै विभागले दुवै प्रणालीले गर्दा नेपालमा मनसुन सक्रिय हुने जानकारी दिएको छ।

शनिवार विहानसम्म सुदूरपश्चिम, कर्णाली र अन्य प्रदेशमा मुसलधारे वर्षा हुने सम्भावना रहेको छ। कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु र उदयपुर जिल्ला मनसुनी वर्षाको उच्च जोखिममा रहेका छन्।

मधेशका सिरहा, सप्तरी, धनुषा, बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरी, बागमतीका मकवानपुर, चितवन, सिन्धुपाल्चोक, दोलखा, धादिङ, सिन्धुली र रसुवा वर्षाको उच्च जोखिमको सूचीमा छन्।

यस्तै, गण्डकी प्रदेशका म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ र गोरखा तथा लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम र दाङ जिल्लालाई विभागले रेड जोनमा राखेको छ। यी जिल्लामा तत्काल प्रतिकार्य गर्न महाशाखाले सुझाएको छ।

  • साझा परिवेश
  • बिहिबार, असार २७, २०८१ ११:४२

प्रतिक्रिया

नेपाल अपडेट