sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एक वर्षमा रोजगारीका लागि सात लाखभन्दा बढी नेपाली बिदेश उडे

  • साझा परिवेश
  • बिहिबार, साउन ३, २०८१ १३:४0
एक वर्षमा रोजगारीका लागि सात लाखभन्दा बढी नेपाली बिदेश उडे

गत आर्थिक वर्ष २०८०–८१ मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या झन्डै साढे सात लाख पुुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार आव २०८०–८१ मा सात लाख ४३ हजार ५९७ जना श्रम स्वीकृति लिएर विदेसिएका हुुन् ।

आव २०७९–८० मा सात लाख ७१ हजार ३२८ वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकोमा आव २०८०–८१ मा केही कमी आएको छ । आव २०७९–८० कोभन्दा आव २०८०–८१ मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या २७ हजार ७३१ हजारले कमी हो ।

वैदेशिक रोजगारीका लागि गत आवमा श्रम स्वीकृति सबैभन्दा धेरै जेठ महिनामा ७२ हजार ८६१ जनाले श्रम स्वीकृति लिएका छन् भने सबैभन्दा कम कात्तिक महिनामा ४३ हजार ६२२ जनाले श्रम स्वीकृति लिएर विदेश गएका छन् ।

यस्तै वैशाख महिना ७० हजार ७३७ जना, चैत महिना ७० हजार ९३३ जना, फागुुन महिना ६५ हजार ७५८ जना श्रम स्वीकृति लिएर विदेसिएका छन् । त्यसै गरी माघ महिनामा ६२ हजार १४३ जना, पुस महिनामा ६५ हजार ८१३ जना, मङ्सिर महिनामा ६८ हजार २०१ जना, असोज ५७ हजार २३५ जना, भदौ महिनामा ५० हजार ८८४ जना र साउन महिनामा ५५ हजार ५७५ जना श्रम स्वीकृति लिएर विदेश गएका छन् ।

सरकारले श्रम स्वीकृति दिएर विदेश जान अनुमति दिन थालेको ३० वर्षमा चालु पछिल्लो तीन आवमा २१ लाख ४१ हजार युवाले रोजगारी खोज्दै देश छोडेका छन् । तीन वर्षको तथ्याङ्कलाई औसत गर्दा वार्षिक सात लाख १५ हजार नेपाली युवा रोजगारी खोज्दै विदेश गएको देखिन्छ । यो संख्या पुनः श्रम स्वीकृति लिएर गएका समेतको हो । विदेश जान श्रम स्वीकृति लिनेमा ६४ प्रतिशत नयाँ श्रमिक हुने गरेका छन् भने ३६ प्रतिशत बिदामा आएर पुनः श्रम स्वीकृति लिनेको संख्या हुुने गरेको छ ।

वैदेशिक रोजगारको ३० वर्षको इतिहासमा आव २०७९–८० मा सबैभन्दा बढी सात लाख ७१ हजार ३२८ युवाले विदेश जान श्रमस्वीकृति लिएका थिए । वैदेशिक रोजगार विभागले २०५० सालदेखि श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको तथ्याङ्क राख्न सुुरु गरेको हो । आव २०७८–७९ मा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या छ लाख ३० हजार ९० जना छन् ।

विभागका निर्देशक गुुरुदत्त सुुवेदीले स्वदेशमा रोजगारीको अवसर नपाएरपछि पछिल्लो समयमा ठुलो संख्या बाध्यात्मक वैदेशिक रोजगारी जानुुपर्ने अवस्था रहेको बताए । स्वदेशमा पर्याप्त आन्तरिक रोजगारीका अवसर नहुँदासम्म बाध्यात्मक रूपमा वैदेशिक रोजगारीमा जाने क्रम नरोकिने पछिल्ला तीन वर्षमा श्रम स्वीकृति लिएर गएको तथ्याङ्कले पनि पुुष्टि गरेको उनको भनाइ छ ।

  • साझा परिवेश
  • बिहिबार, साउन ३, २०८१ १३:४0

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid