March 31, 2025 | सोमवार, चैत्र १८, २०८१
सुचनाहरु
प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली? अमेरिकाले निकालेका भुटानी शरणार्थी भागेर नेपाल आउदा पक्राउ परे तपाईको आजको दिन कस्तो रहला? हेर्नुहोस् आजको राशिफल दुर्गा प्रसाईं भन्छन्: जहाँ बेलाउँछौ त्यहीँ आउँछु, म थुनिएर आन्दोलन रोकिदैन ‘म रहुँला नरहुँला आन्दोलन नरोकियोस’ भन्दै दुर्गा प्रसाईले गरे यस्तो आग्रह राजावादीहरूको प्रदर्शनमा तनाव, आगो निभाउन आएको दमकलमाथि पनि ढुंगा प्रहार राजावादीको प्रदर्शनमा लुटीयो २ तोलाको सुनको सिक्री झापामा धान खेतको आलीबाट लडेका मेघराजको पानीमा डुबेर मृत्यु आज गणतन्त्रवादी र राजावादीको काठमाडौँमा प्रदर्शन गर्दै, यस्तो छ सुरक्षा व्यवस्था अब लोडसेडिङ नहुने, थप बिजुली दिन तयार भयो भारत मुस्ताङ घुम्न आएकी अमेरिकी महीलालाई अपहरण गरेर फिरौती माग्ने सरिता पक्राउ  कलाकार मदनकृष्ण श्रेष्ठ भन्छन्, ‘एकछिन बत्ती निभ्दा सबैले कुलमानको नाम लिन्छन्’ भोलि दिनभरी बाहीर ननिस्कन विदेशी दूतावासको आग्रह सुपा मन्दिर दर्शन गरी फर्किने क्रममा बस दुर्घटना हुदा चार जनाको मृत्यु

ग्लोबल टी-२० : सन्दीप र दीपेन्द्रको टिम भ्यानकुभर विजयी

  • साझा परिवेश
  • सोमवार, साउन २१, २०८१ १0:५९
ग्लोबल टी-२० : सन्दीप र दीपेन्द्रको टिम भ्यानकुभर विजयी

काठमाडौँ । ग्लोबल टी-२० क्यानडा लिग अन्तर्गत सातौ खेलमामा नेपाली राष्ट्रिय टिमका दुई खेलाडी सहभागी भ्यानकुभर नाइट्स विजयी भएको छ। टस जितेर सुरुमा फिल्ड रोजेको भ्यानकुभरले ५ विकेटको जित निकालेको हो।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको मोन्ट्रियल टाइगर्सले १९.२ ओभरमा सबै विकेट गुमाएर १०९ रन बनाएको थियो। उसका लागि अजमातुल्लाह उमरजाईले ३० र शेर्फेन रदरफोर्डले २२ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्।

भ्यानकुभरका लागि सन्दीप लामिछानेले महत्त्वपूर्ण दुई विकेट हात पारे। पहिलो विकेटका रुपमा सर्वाधिक रन बनाएका अजमातुल्लाहलाई आउट गरेका सन्दीपले दोस्रो विकेटका रुपमा नवौंक्रमका ब्याट्सम्यान जहुर खानलाई आउट गरेका हुन्।

सन्दीपले जाहुरको विकेट लिएपछि मेटिन्ट्रयल १०९ रनमा अलआउट भएको थियो। ३.२ ओभर बलिङ गरेका सन्दीपले मात्र १४ रन खर्चिएर दुई विकेट हात पारेका हुन्। एक ओभर बलिङ गरेका दीपेन्द्रले भने बिना विकेट १२ रन खर्चिए। उसका लागि मोहम्मद अमिरले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गर्दा उनले १८ रन खर्चिएका थिए।

११० रनको लक्ष्य पछ्याएको सन्दीप र दीपेन्द्रको टिम भ्यानकुभरले १८.४ ओभरमा ५ विकेटको क्षतिमा ११३ रन बनायो। भ्यानकुभरको जितका लागि रिजा हेन्ड्रिक्सले सर्वाधिक ३९ रन बनाउँदा कप्तान उस्मान ख्वाजाले ३१ रन जोडे। २ बल खेलेका दीपेन्द्र भने नटआउट रहे। यो जितसँगै सन्दीप र दीपेन्द्रको टिम भ्यानकुभरले ग्लोबल टी-२० लिगको यात्रा अन्त्य गरेको छ। समूह चरणाका सबै खेल खेलिसक्दा एक जित र वर्षाले अवरुद्ध खेलमा १ अङ्क बनाएको भ्यानकुभर तीन अङ्कसहित तालिकाको पुछारमा छ। ७ खेलका ६ इनिङ खेलेका सन्दीपले १७० रन खर्चिएर आठ विकेट लिएका छन्। ग्लोबल टि-२०को सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा उनी टप १० मा छन्।

  • साझा परिवेश
  • सोमवार, साउन २१, २०८१ १0:५९

प्रतिक्रिया

नेपाल अपडेट