sweet bonanza
February 12, 2026 | बिहिबार, फाल्गुन १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ग्लोबल टी-२० : सन्दीप र दीपेन्द्रको टिम भ्यानकुभर विजयी

  • साझा परिवेश
  • सोमवार, साउन २१, २०८१ १0:५९
ग्लोबल टी-२० : सन्दीप र दीपेन्द्रको टिम भ्यानकुभर विजयी

काठमाडौँ । ग्लोबल टी-२० क्यानडा लिग अन्तर्गत सातौ खेलमामा नेपाली राष्ट्रिय टिमका दुई खेलाडी सहभागी भ्यानकुभर नाइट्स विजयी भएको छ। टस जितेर सुरुमा फिल्ड रोजेको भ्यानकुभरले ५ विकेटको जित निकालेको हो।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको मोन्ट्रियल टाइगर्सले १९.२ ओभरमा सबै विकेट गुमाएर १०९ रन बनाएको थियो। उसका लागि अजमातुल्लाह उमरजाईले ३० र शेर्फेन रदरफोर्डले २२ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्।

भ्यानकुभरका लागि सन्दीप लामिछानेले महत्त्वपूर्ण दुई विकेट हात पारे। पहिलो विकेटका रुपमा सर्वाधिक रन बनाएका अजमातुल्लाहलाई आउट गरेका सन्दीपले दोस्रो विकेटका रुपमा नवौंक्रमका ब्याट्सम्यान जहुर खानलाई आउट गरेका हुन्।

सन्दीपले जाहुरको विकेट लिएपछि मेटिन्ट्रयल १०९ रनमा अलआउट भएको थियो। ३.२ ओभर बलिङ गरेका सन्दीपले मात्र १४ रन खर्चिएर दुई विकेट हात पारेका हुन्। एक ओभर बलिङ गरेका दीपेन्द्रले भने बिना विकेट १२ रन खर्चिए। उसका लागि मोहम्मद अमिरले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गर्दा उनले १८ रन खर्चिएका थिए।

११० रनको लक्ष्य पछ्याएको सन्दीप र दीपेन्द्रको टिम भ्यानकुभरले १८.४ ओभरमा ५ विकेटको क्षतिमा ११३ रन बनायो। भ्यानकुभरको जितका लागि रिजा हेन्ड्रिक्सले सर्वाधिक ३९ रन बनाउँदा कप्तान उस्मान ख्वाजाले ३१ रन जोडे। २ बल खेलेका दीपेन्द्र भने नटआउट रहे। यो जितसँगै सन्दीप र दीपेन्द्रको टिम भ्यानकुभरले ग्लोबल टी-२० लिगको यात्रा अन्त्य गरेको छ। समूह चरणाका सबै खेल खेलिसक्दा एक जित र वर्षाले अवरुद्ध खेलमा १ अङ्क बनाएको भ्यानकुभर तीन अङ्कसहित तालिकाको पुछारमा छ। ७ खेलका ६ इनिङ खेलेका सन्दीपले १७० रन खर्चिएर आठ विकेट लिएका छन्। ग्लोबल टि-२०को सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा उनी टप १० मा छन्।

  • साझा परिवेश
  • सोमवार, साउन २१, २०८१ १0:५९

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid