May 13, 2025 | मङ्लबार, जेष्ठ १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन

  • साझा परिवेश
  • सोमवार, भदौ १०, २०८१ ११:१५
माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन

भद्रपुर । माओवादी केन्द्र भद्रपुर नगर कमिटीको विशेष अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।

हंशधर राजवंशीको नेतृत्वमा ४९ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो ।

शनिबार र आइतबार चलेको अधिवेशनमा आठ पदाधिकारीमध्ये छ वटा पद सर्वसम्मत भएको थियो भने अध्यक्ष र खुला सहसचिव पदमा निर्वाचन प्रणालीबाट चयन गरिएको छ ।
आइतबार राति सम्पन्न निर्वाचनबाट सहसचिवमा तेजप्रसाद पौडेल विजयी भएका छन् ।

सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि अध्यक्षमा हंशधर र राजु दाहाल तथा सहसचिवमा तेजप्रसाद र पुष्पलाल राजवंशीले उम्मेदवारी दिएका थिए ।

निर्वाचनमा कूल मतदाता १९७ मध्ये १३१ मत खसेको निर्वाचन अधिकृत तारामणि सापकोटाले जानकारी दिए । जसमध्ये अध्यक्षमा १ मत र सहसचिवमा ९ बदर भएको थियो ।

विशेष अधिवेशनबाट उपाध्यक्षमा बिष्णु पौडेल र उर्मिला सापकोटा सर्वसम्मत भएका छन् भने सचिवमा जीवन बाँस्तोला चयन भएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै, सहसचिव महिलातर्फ सबिता पुरी र कोषाध्यक्ष पदमा बुद्धिमान लिम्बू सर्वसम्मत चयन भएका छन् ।

  • साझा परिवेश
  • सोमवार, भदौ १०, २०८१ ११:१५

प्रतिक्रिया

नेपाल अपडेट