सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले फेरी पनि सरकारले तोकेको म्यादभित्र दर्ता नभए फेसबुकलगायतका सामाजिक सञ्जालमाथि प्रतिवन्ध लाग्ने दोहो¥याएका छन् । सरकारले दिएको एक महिनाको अल्टीमेटम पर्सी आइतबार सकिदै छ । तोकेको म्यादभित्र दर्ता नभए प्रतिवन्ध लाग्ने भन्दै फेरी पनि मन्त्रि गुरुङले स्पष्ट पारेका हुन् ।
हालसम्म नेपालमा टिकटक, भाइबर र विटोक मात्र सूचीकृत भएका छन् । अब मेटालाई पनि नेपालमा सुचिकृत गराउन सरकारले पटक पटक आग्रह गरीरहेको छ ।
सञ्चारमन्त्रालयले चैत ७ गते सूचना निकालेर एक महिनाभित्र फेसबुक दर्ता हुन आवह्रान गरेको थियो । सामाजिक सञ्जाल दर्ताका लागि सरकारले दिएको एक महिनाको म्याद सकिन केहि दिन बाँकी रहेको भन्दै उनले फेसबुक लगायतका सामाजिक सञ्जाल दर्ता हुन नआएको उल्लेख गरे । अब दर्ता हुन नआए पर्सीबाट बन्द फेसबुक बन्द हुने पनि उनले भेतावनि दिएका छन् ।
उनले सामाजिक सञ्जाल सम्बन्धी कानून कुनै सञ्चारमाध्यमलाई बन्द गर्नका लागि नभइ नियमन गर्नका लागि ल्याइएको स्पष्ट पारे । शुक्रबार काठमाडौंमा सञ्चारिका समूह नेपालको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालमा सञ्चालन हुने सवै सामाजिक सञ्जाल प्ल्याट्फर्महरुले नेपालको नियम मान्नुपर्ने भन्दै सरकारले तोकेको म्यादभित्र दर्ता नभए प्रतिवन्ध लाग्ने स्पष्ट पारेका हुन् ।