काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदैछ । सन्दीपविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्यायका अनुसार आजदेखि प्रतिवादीको बयान लिने काम सुरु हुने र त्यो सकिएलगत्तै थुनछेक बहस हुनेछ । सम्भवतः बुधबार साँझसम्म अदालतको फैसला आउने छ ।
पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको पश्चिम नवलपरासी प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिए । उनका अनुसार डुङ्गा दुर्घटना हुँदा सुस्ता –४ का २२ वर्षीय गुड्डु हरिजन, सोही स्थानका […]
निर्वाचन आयोगले आसन्न निर्वाचनमा उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस,आमसभा,कोणसभा गर्न पाउने स्पष्ट पारेको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम जुलुस, आमसभा तथा कोणसभा गर्न पाउने स्पष्ट पारेको हो । आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ […]
झापा । नेपालको उत्तरी हिमाली क्षेत्रका विभिन्न स्थानमा स्याउ फल्छन् । हावापानी पनि रसिलो स्याउ फल्ने खालकै छ । मनाङ, मुस्ताङ, जुम्ला, मुगुलगायतका जिल्लाका किसानले उत्पादन गरेको स्याउले बजार पाउन सकेको छैन । बजार पुगेको भए पनि सस्तोमा बिक्री गर्न बाध्य छन् उत्पादक । देशभित्रै फलाउन सकिने र राम्रो बजार पाउने रसिलो, स्वादिलो स्याउ फलाउने जनशक्ति […]
झापा । कात्तिक ७ देखि विदा भएको सरकारी कार्यालयहरु ८ दिनपछि १५ गते मात्र खुल्ने भएका छन् । कात्तिक ७ गते लक्ष्मीपूजाको दिनदेखि सुरू भएको सार्वजनिक बिदा १३ गतेसम्म रहेकोमा १४ गते १ नं प्रदेश सरकारले विदा दिएको हो । कात्तिक ७ गतेदेखि १० गतेसम्म तिहारको विदा रहेको थियो । तर, सरकारले शुक्रवार पनि सार्वजनिक बिदा […]
दमक/ सिटी सफारीबाट फर्निचरका सामान अनलोड गर्ने क्रममा एक्कासी सफारी गुडदा भएको दुर्घटनामा दमक ५ का रणबहादुर खडकाको मृत्यु भएको छ । ट्राफिक प्रहरीका अनुसार आइतबार बेलुकी ७ बजे शिवसताक्षी १ धरमपुरका कुशल लिम्बुको घरमा मे १ ह ७२६० नम्बरको सिटी सफारीमा दमकबाट फर्निचरको सामान लिएर पुगेका खडकाले सामान अनलोड गर्ने क्रममा एक्कासी […]
दमक/ झापा दमकका एक युवकको छठ पूजास्थलमा छुरा प्रहारबाट हत्या भएको छ । मोरङको उर्लाबारी ७ स्थित मावा खोलामा आयोजित छठ पूजा स्थलमा आइतबार साँझ छुरा प्रहारबाट झापाको दमक–१० बस्ने १४ वर्षीय दिवस श्रेष्ठको ज्यान गएको हो । छुरा प्रहार गर्नेको पहिचान भइसकेको छैन । हत्यामा संलग्नको खोजीका लागि व्यापक रुपमा प्रहरी परिचालन गरिसकेको र […]
उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न भयो लोकआस्थाको महापर्व छठ सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि छठ महापर्व समापन भएको छ । हेर्नुहोस् छठपर्वमा धरानको रौनक । विशेषगरी मिथिलामा धुमधामका साथ मनाउने यो पर्व विस्तार हुँदै देशका तराई, भित्री मधेस र पहाडी जिल्लाहरुमा पनि विस्तार हुँदै गइरहेको छ । श्रद्धालुहरुको मान्यताअनुसार छठका दिनमा सूर्यको उपासना […]
इलाम ।। माई नपा -२,चेप्टि मा संचालित आन्तरिक र बाह्य पर्यटकको गन्तव्य बनेको ” ह्याप्पी ड्रिम्स चेप्टि ” लाई विशेष फोकस गरी विभिन्न स्थानमा ट्राफिक प्रहरी सम्बन्धी सचेतना फैलाउने बोर्डको स्थापना सँगै यश क्षेत्रकाे चर्चा सुरु भएको छ । पर्यटकीय तथा सामाजिक रुपमा सकारात्मक कार्य गर्दै आएको चेप्टीले स्थानीय जनताकाे सेवा सुविधा र सकारात्मक […]
मंसिर ४ को चुनावः काँग्रेसको घोषणा पत्र सार्वजनिक झापा, कार्तिक १२ । मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि तयार गरेको घोषणा पत्र आज विहान पार्टी केन्द्रीय कार्यालयमा प्रधानमन्त्री समेत रहनु भएका काँग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्नु भएको हो । काँग्रेसले […]
काठमाडौं । तिहारको मुख्य दिन आज भाइटीका पर्व । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई […]
झापा । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने […]