काठमाडौं । रुस कित्तामा उभिएको रुसको छिमेकी बेलारुसमा रुसले आफ्ना आणविक हतियार भण्डारण गर्ने भएको छ। रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले रुसको टेलिभिजन च्यानल रसिया २४ सँग बोल्दै पुटिनले यस्तो घोषणा गरेका हुन् । रुसी सरकारी विश्व च्यानल आरटीका अनुसार आगामी जुलाई १ (असार १६) भित्र भण्डारणको प्रक्रिया सकिने पुटिनले सार्वजनिक गरेका छन् । बेलारुसमा रुसका चुस्त […]
भारतको गुजरातमा रहेको सुरत अदालतले कांग्रेस नेता राहुल गान्धीलाई सन् २०१९ को एक फौजदारी मानहानि मुद्दामा दोषी ठहर गरेको छ । लोकसभा निर्वाचनको पूर्वसन्ध्यामा राहुलले मोदी थर भएका सबै मानिस कसरी चोर भए भनी टिप्पणी गरेका थिए । उनको यो बयानका विरुद्ध भाजपाका विधायक तथा पूर्वमन्त्री पूर्णेश मोदीले जाहेरी दर्ता गरेका थिए । कर्नाटकको कोलारमा […]
काठमाडौं । उत्तर कोरियाले बुधबार फेरि धेरै ‘क्रुज मिसाइल’ प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले बताएको छ । उत्तर कोरियाले पूर्वीसागरमा प्रक्षेपण गरेका धेरै क्रुज मिसाइल पत्ता लगाएको सोलले जनाएको हो । परीक्षणसम्बन्धी विस्तृत विवरणलाई दक्षिण कोरिया र अमेरिकी गुप्तचर अधिकारीहरूले विश्लेषण गरिरहेका दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले आज एक विज्ञप्ति निकालेर बताएका छन् । […]
काठमाडौं । अफ्रिकी देश युगान्डाको संसदले समलिंगी तथा तेस्रोलिंगी हुनुलाई अपराध मान्दै जेल हाल्ने कानून बनाएको छ । युगान्डासहितका ३० वटा अफ्रिकी देशमा समलिंगी सम्बन्ध गैरकानुनी छ । तर युगान्डाले बनाएको नयाँ कानुनले लैंगिक पहिचानकै आधारमा यौन अल्पसंख्यकहरुलाई अपराधी मानेर वर्षौंसम्म जेल हाल्न सकिने छ । उग्रसमलिंगीलाई त मृत्युदण्डसमेत दिने व्यवस्था यो कानुनले गरेको अन्तर्राष्ट्रिय […]
संयुक्त राष्ट्रसङ्घ अफ्रिकी देश कङ्गोमा यहाँको विद्रोही समूहको आक्रमणबाट हप्ता दिनमा कम्तीमा पनि २१ जनाको ज्यान गएको छ ।प्राप्त समाचारअनुसार कङ्गोको पूर्वी किभु र इतुरीमा यहाँका सशस्त्र विद्रोहीहरुले हमला गरेका थिए । उनीहरुले गत शनिबार यी दुई प्रान्तका विभिन्न गाउँमा हमला गरी सर्वसाधारणको हत्या गरेका छन् । इतुरीको एक गाउँमा उनीहरुले एक गाउँका सर्वसधारणमाथि गोली […]
काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति तथा अहिलेको रिपब्लिकन पार्टीमा राष्ट्रपति रेसमा बलिया दाबेदार रहेका डोनाल्ड ट्रम्पले आफूलाई मङ्गलवार पक्राउ गर्न लागिएको भन्दै प्रदर्शनमा उत्रिन समर्थकलाई आग्रह गरेको छ । फेसबुकदेखि ट्विटर जस्ता सामाजिक सञ्जालबाट प्रतिबन्ध लाइएका ट्रम्पले आफैले खोजेको ‘ट्रुथ सोसल’ नामक सञ्जालबाट शनिवार यस्तो घोषणा गरेको हो । अमेरिकी अधिकारीहरूले आर्थिक मामिलामा आफूलाई पक्राउ […]
काठमाडौं । दक्षिण अमेरिकी देश इक्वेडर र पेरुमा शक्तिशाली भूकम्पमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इक्वेडरमा १३ र पेरुमा एक जना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। स्थानीय समय अनुसार हिजो साँझ ५ बजे गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पपछि धेरै शहरका भवनहरू क्षतिग्रस्त भएका छन्। भूकम्पले भत्किएका घरमा केही मानिस […]
इस्लामावाद । पाकिस्तानको तल्लो कोहिस्तानको पट्टन क्षेत्रमा एक घरमा आगलागी हुँदा एकै परिवारका १० जनाको मृत्यु भएको छ । सो दुर्घटनामा एक महिला, उनकी सासु, पाँच छोरी र तीन छोरासहित एकै परिवारका १० जनाको मृत्यु भएको हो। कोहिस्तान जिल्ला जसलाई अबसिन कोहिस्तान वा सिन्धु कोहिस्तान पनि भनेर चिनिन्छ यो एउटा पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्त भित्रको […]
काठमाडौं। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध अदालतले गिरफ्तारी दिन आग्रह गरेको छ। खानलाई पक्राउ गर्न गएको प्रहरीलाई समर्थकहरुले घेराबन्दी गरेर फर्काइदिएपछि अदालतले आफैँ उपस्थित भएर आत्मसमर्पण गर्न आदेश दिएको हो। त्यसो नगरे प्रहरीले पक्राउ गरेर उपस्थित गराउने भन्दै अदालतले गिरफ्तारीको वारेन्ट रद्द नहुने दोहोर्याएर खानमाथि दबाब बढाएको हो। इस्लामावाद उच्च अदालतमा खानको गिरफ्तारी वारेन्ट रद्द गर्न माग […]
पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहले बिहीबार पूर्व प्रधानमन्त्री इमरान खानले अदालतको आदेश नमान्ने हो भने नयाँ रणनीति बनाउने बताउनुभएको छ। एक निजी समाचार च्यानलसँगको कुराकानीमा उनले इमरान खानले अदालतको आदेशको सम्मान गर्नुपर्ने र सार्वजनिक समय खेर फाल्ने तरिका अपनाउन नहुने बताउनुभयो । राणा सनाउल्लाहले पिटिआई प्रमुख इमरान खानले देशमा अशान्ति फैलाएर राजनीतिक फाइदा उठाइरहेको आरोप लगाएको […]
काठमाडौं ः काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) स्वस्थ्य सहर शिखर सम्मेलनमा भाग लिन बेलायत प्रस्थान गरेका छन्। उपप्रमुख सुनिता डंगोललाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएर मंगलबार बिहान २ बजेको उडानबाट शाह बेलायत प्रस्थान गरेका हुन्। आजदेखि चैत २ गतेसम्म हेल्दी सिटीज समिट इन लण्डन शिखर सम्मेलन हुँदैछ। सम्मेलनमा भाग लिन मेयरसँगै, साझेदार सहरबाट प्राविधिक सत्रमा […]
टर्की र सिरियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। सन् १९३९ पछिकै शक्तिशाली मानिएको भूकम्पका कारण आइतबार साँझसम्म टर्की र सिरियामा गरी ३३ हजार बढीले ज्यान गुमाएका हुन्। अझै कयौं बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। टर्कीको ८१ प्रान्तमध्ये १० प्रान्तमा भूकम्पबाट अत्यधिक क्षति पुगेको छ। टर्कीको […]