बङ्लादेशमा डेङ्गीको सङ्क्रमण थप फैलिन थालेको छ । समाचार संस्था अल जजिराका अनुसार बङ्लादेशमा यसपालि डेङ्गीका कारण एक हजार जनाभन्दा धेरैको ज्यान गएको छ । यो अघिल्लो वर्षाको तुलनामा झण्डै चार गुणाले धेरै हो । पछिल्लो नौ महिनामा डेङ्गीका कारण बङ्लादेशमा एक हजार १७ जनाको ज्यान गएको र दुई लाखभन्दा धेरै सङ्क्रमित भएका तथ्याङ्क छ। […]
घोराही (दाङ), १५ असोज : दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ । रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ का ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिनुभयो । डाँगीलाई केही समयअघिदेखि स्वास्थ्यमा समस्या देखिए पनि प्रतिष्ठानमा भने आइतबार साँझ उपचारका लागि ल्याइएको थियो । उहाँकोे […]
संविधानसभा पूर्व अध्यक्ष सुवास नेम्वाङको निधन नेकपा एमाले उपाध्यक्ष तथा संविधानसभा पूर्व अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । उनको हृदयघातका कारण त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । बालुवाटारस्थित निवासमा हृदयघात भएसँगै उनलाई परिवारले त्रिवि शिक्षण अस्पताल लगेपनि चिकित्सकले मृत घोषणा गरेको बताइएको छ । नेम्वाङ गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा […]
६ जेठ, काठमाडौं । काठमाडौंमा एक जना महिलाले शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन् । रामेछाप घर भई काठमाडौं चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँ बस्दै आएकी ३६ वर्षीय शान्ति श्रेष्ठले बगो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार श्रेष्ठले शुक्रबार दिउँसो पौने ३ बजेको समयमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् ।शरीरमा आगो […]
रामधुनी । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले एक ऋणीको १२ लाख कर्जा मिनाहा गरी उल्टै रकम थप गरेर दिएको छ । फरवार्डले सुनसरी, रामुधनी नगरपालिका ७ की रामकुमारी धामीले एक वर्षअघि लिएको सम्पूर्ण ऋण मिनाहा गरी उल्टै २० प्रतिशत रकम थपेर दिएको हो । जग्गा खरिद गर्न भनी ०७८ कार्तिक २८ गते फरवार्डबाट १२ लाख […]