एक नाबालिका गायीकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका पल शाह भनिने पूर्ण बिक्रम शाहको मुद्दामा जिल्ला अदालत तनहुँले अन्तिम फैसला गरेको छ ।
जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यले आज अन्तिम आदेश दिँदै उनलाई सफाइ दिएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले पलविरूद्ध अधिकतम १४ वर्ष कैद सजायको माग गर्दै अभियोग पत्र अदालतमा दर्ता गरेको थियो। अदालतको अन्तिम फैसलाअनुसार उक्त अभियोगको दाबी नपुग्ने बताएको छ ।