काठमाडौं १६ मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै काँधमा छ। तापनि, उनले मन्त्री नियुक्त गरेर जिम्मेवारी सुम्पिन सकेका छैनन्। करिब तीन महिनामा दोस्रोपटक हालै विश्वासको मत लिएका दाहालले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। गठबन्धन दल धेरै र मन्त्रालयको संख्या थोरै भएपछि भागबन्डामा सकस देखिएको छ। कांग्रेसले १०, माओवादीले प्रधानमन्त्रीसहित ५, एकीकृत समाजवादी र जसपा ३÷३, लोसपा […]
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकबारे चर्चाचर्की परेको छ । विधेयकको विपक्षमा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले विरोधको सूचना पेश गरे । तर, त्यो बहुमतले अस्वीकृत गर्यो । उनले फौजदारीसम्बन्धी अपराधको सजाय घटाउन नपाउने भन्दै आपत्ति जनाए । विधेयकबारे उनले भने, […]
काठमाडौं उपराष्ट्रपति चयनका लागि जारी मतदानमा किरियापुत्री सांसद प्रकाश बरालले मतदान गरेका छन्। आफ्ना बाबुको निधनमा किरियामा बसेका गण्डकी प्रदेश सभाका सांसद बराल उपराष्ट्रपति निर्वाचनमा मतदानका लागि काठमाडौं आएका हुन्। बरालका पिता लोकनाथको २६ फागुनमा निधन भएको थियो। काजकिरियाकै पोसाकमा सांसद बराल बुद्ध एयरको जहाजमार्फत शुक्रबार बिहान काठमाडौं आएका हुन्। कास्की ३ (ख) बाट विजयी […]
काठमाडौं राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर ह्याण्डललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निजी बनाएकी छन् । हालका राष्ट्रपति रामचन्द्र पौडेलले भने व्यक्तिगत ट्वीटर ह्याण्डल चलाउँदै आएका छन् । भण्डारी शितल निवासबाट बाहिरिँदा राष्ट्रपति कार्यालयको भेरिफाइड ट्वीटर ह्याण्डल २उचभकष्मभलतयाल्ए लाई २द्यष्मथबम्द्यजबलमबचष् मा रुपान्तरण गरिएको छ । ह्याण्डल संशोधन हुँदा भेरिफाइड भएको संकेत चिह्न निलो टिक पनि हटेको छ । […]
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधिसभा सदस्यको लागि सिफारिस गरेको छ । सांसद सहनाज रहमानको निधन भएपछि रिक्त स्थानमा जसपाले मञ्जुलाई पठाउने भएको हो । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अन्सारीलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनी सप्तरी निवासी हुन् […]
काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रदेश प्रमुखहरूले भेटेका छन्। काठमाडौं आएका प्रदेश प्रमुखहरूले आज प्रधानमन्त्री प्रचण्डसँग सामूहिक भेटवार्ता गरेका हुन्। प्रधानमन्त्री र प्रदेश प्रमुखहरूबीच भेटवार्ता भएको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ। भेटका अवसरमा प्रदेशलाई बलियो बनाउन संघले गर्नुपर्ने सहयोगलगायत विषयमा पनि कुराकानी भएको बताइएको छ।
काठमाडौं उपप्रधानमन्त्री समेत रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ अतिकम विकसित मुलुकहरू (एलडीसी) को सम्मेलनमा भाग लिन भोलि कतारको दोहा जाने भएका छन् । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाने भनिए पनि उनको भ्रमण स्थगित भएपछि मन्त्री श्रेष्ठ दोहा जाने तय भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार श्रेष्ठ ५ देखि ९ मार्चसम्म दोहामा आयोजना […]
काठमाडौं निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् आज फागुन ३० गते राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागू गरेको हो । निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, […]
बुटवल राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने भएको छ । बुटवलमा फागुन २७ देखि २८ गतेसम्म चलेको राष्ट्रिय परिषद्को प्रथम बैठकले संघीयताविरुद्ध चैतमा देशव्यापी अभियान चलाउने निर्णय गरेको हो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चीत्रबहादुर केसीले चैत १० देखि २० गतेसम्म संघीयताविरूद्ध देशव्यापी अभियान चलाउने निर्णय भएको अन्नपूर्णलाई जानकारी दिए । केसीका अनुसार अभियानअन्तर्गत सभा,कोणसभा गरिनेछ […]
चितवन । चितवनमा प्रहरीले स्ववियूको निर्वाचनलाई अवरोध हुने गरी विभिन्न विद्यार्थी संगठनले कलेजमा लगाएका ताला फुटाउन थालेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने कलेजहरुमा विद्यार्थीहरुले लगाएको ताला फोड्ने निर्देशन दिएको भोलिपल्टै आज बिहान प्रहरीले ताला फोडेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार प्रहरीले मंगलबार बिहानै […]
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताएका छन्। सोमबार पत्रकारसँग कुराकानी गर्दै उनले अहिलेको परिस्थितिको मूल्याङ्कन गर्नेकाम भइरहेको बताए। उनले सत्ता समीकरण परिवर्तन भएपछि सरकारमा जानु परेमा कारण स्पष्ट पारेर मात्रै सहभागी हुने बताए। ’सरकारमा जाने तयारी भन्ने होइन । परिस्थितिलाई मूल्याङ्कन गर्नुपर्ने हुन्छ,’अहिले सरकारमा जाने […]
काठमाडौं । विस्तृत शान्ति सम्झौतामा भएका व्यवस्थाहरूको पालना र कार्यान्वयनको अपेक्षा गरिरहेका द्वन्द्वपीडित र सरकारबीचको दुरी झन् झन् बढेको छ। सशस्त्र द्वन्द्वकालीन मुद्दाको टुंगो लगाउने क्षेत्राधिकारको विषयमा विवाद चुलिएको छ। अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितका द्वन्द्वपीडितले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको टुंगो नलाग्दै माओवादी धारका ९ दलले आइतबार संयुक्त अपिल गर्दै आपत्ति जनाएका छन्। सर्वोच्चले द्वन्द्वकालीन मुद्दाको […]