हेटौँडा । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । हेटौंडामा जारी प्रदेशसभा बैठकमा बोल्दै एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकार छाडेको घोषणा गरे । करिब साढे २ महिना सरकारमा रहँदा आफूहरुले सम्हालेको चारवटै मन्त्रालयले उल्लेख्य सुधारको काम गरेको उनले दाबी गरे । केन्द्रीय सत्ता समीकरणमा नेकपा माओवादी केन्द्रले विश्वासघात गरेको कारण माओवादी केन्द्र […]
काठमाडौं । जनमत पार्टीले बारा क्षेत्र नम्बर–२ मा उपनिर्वाचनको तयारी थालेको छ । पार्टीका अध्यक्ष डा. सीके राउतले आज वीरगञ्जस्थित गढीमाईको दर्शनपछि ‘मिसन बारा–२’ को शुभारम्भ गरेका हुन् । उनले समाजिक सञ्जालमार्फत बारा क्षेत्र नम्बर–२ मा बाहिरी अर्थात् फिरंगी उमेदवारको सम्भावना नरहेको भन्दै आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) बाट […]
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ लौहकिन्थलीस्थित मझेरी क्याफेबाट १६ जना जुवातास खेलेको आरोपमा पक्राउ परेका छन् । उनीहरूको साथबाट १६ बुक तास र ३ लाख बढी नगदसमेत बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए । पक्राउ परेकाहरूमध्ये १३ जना ४० वर्षभन्दा कम उमेर समूहका रहेका छन् । सिन्धुपाल्चोकको […]
काठमाडौँ । संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभामा जातीय भेदभाव, छुवाछुत, बलात्कार, हत्या, दमन, शोषणजस्ता उत्पीडनविरुद्धको संकल्प प्रस्तावमा छलफल सुरु भएको छ । बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा संकल्प प्रस्तावमाथि अहिले छलफल जारी छ । सांसद भुवनबहादुर सुनार प्रस्तावक रहेको संकल्प प्रस्तावकको समर्थनमा सुरेशकुमार आले मगर, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, नरपति लुहार, सिंहबहादुर विश्वकर्मा, जगतबहादर […]
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गरेका छन् । उनले विश्वासको मत लिनका लागि आज दिउँसो ३ बजे प्रदेश सभा बैठक बोलाइएको छ । नेकपा माओवादी केन्द्रका नेता एवम् बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल (शरद)ले आज मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिने तयारी गरेको जानकारी दिए । प्रदेश […]
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ गरेको छ। पक्राउपर्नेमा दोलखा भीमेश्वर नगरपालिका- १ चरिकोट घर भई हाल काठमाडौँस्थित बूढानीलकण्ठ नगरपालिका- १३ माइक्रोपार्क नजिकै बस्ने ४४ वर्षीय रमेशकुमार श्रेष्ठ रहेका छन् । उच्च अदालत पाटनको २०७९ पुस २९ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा […]
चितवन । आफ्नै विद्यार्थीलाई महिनौंदेखि यौन शोषण गरेको अभियोगमा एक जना शिक्षक पुर्पक्षका लागि कारागार पुगेका छन्। चितवनको भरतपुरकी १५ वर्षकी बालिकालाई ८ महिनादेखि लगातार यौन शोषण गरेको अभियोगमा शिक्षक सन्तोष क्षेत्रीलाई पुर्पक्षको लागि थुनामा पठाइएको हो। भरतपुर महानगरपालिका–१२ घर भएका शिक्षक क्षेत्रीले नर्सिङको तयारी कक्षा पढाएको विद्यार्थीलाई यौन शोषण गरेको जाहेरी परेको थियो। १४ […]
चितवन । चितवनको माडीमा रहेको माडी क्याम्पसको स्ववियू सभापतिमा एमाले निकटको अनेरास्ववियुका नेता राकेश चौधरी विजयी भएका छन् । आज आइतबार भएको मतदानमा चौधरीले नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, राप्रपाको विद्यार्थी संगठन र एकीकृत समाजवादीको अनेरास्ववियूसहितको गठवन्धनलाई १३ मतले पराजित गरेका हुन् । चौधरीले ११९ मत ल्याउँदा गठवन्धनबाट उठेका अखिल क्रान्तिकारीका रवि भूर्तेलले १०६ मत […]
सिन्धुली । शिक्षाको मन्दिर विद्यालयलाई लिईन्छ, विद्यालयमा बालवालिका केही सिक्नका लागि जान्छन् । तर, सिन्धुलीको एक निजी विद्यालयमा भने विद्यालयका कर्मचारीले विद्यार्थीलाई निर्घात कुटपिट गरी अस्पताल नै भर्ना हुनु परेको छ । बिद्यालय शान्त र भए रहित वातावरणको हुनुपर्छ, तर सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ९ मा रहेको लिटिल फ्लावर इङ्गिलिस बोर्डिङ स्कुलका लोखापाल परि कार्कीले […]
हेटौंडा । विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई बागमती प्रदेश सरकारले जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ। शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारको तर्फबाट उक्त घोषणा गरेको हो । ‘खेलाडीको सम्मान र हौसालाको लागि बागमती प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई जनही एक लाख दिने […]
आजको राशिफल बि.सं.२०७८ साल बैशाख १८ गते शनिवार ई. सं. २०२१ मे १ नेपाल सम्बत ११४१ पोहेलागा पञ्चमी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, बैशाख कृष्ण पञ्चमी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र सिद्ध योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०५ः२४ बजे, सूर्यास्त साँझ ६ः३७ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि […]
काभ्रे, मंसिर २९ / नेपाल विद्यार्थी संघ केन्द्रिय कार्य समितिको सर्कुलर अनुसार देश व्यापी भइरहेको सिठ्ठी जुलुसमाका क्रममा नेपाल विद्यार्थी संघ काभ्रेले पनि बनेपामा सिठ्ठी जुलुस निकालेको छ । जुलुसमा सहभागीहरुले सिठ्ठी बजाउदै नगर परिक्रमा समेत गरेका थिए । सरकारका पछिल्ला गतिविधिहरु प्रती बिरोध जनाउदै सिठ्ठी जूलूस निकालीयको नेबिसंघ काभ्रेका अध्यक्ष नृपेश बादेले जानकारी बताए […]