April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै असार ७ गतेभित्र एसइईको परीक्षाफल आइसक्ने गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली?

नेत्री देउवाद्वारा विभिन्न संरचनाको उदघाटन

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १३:१५
नेत्री देउवाद्वारा विभिन्न संरचनाको उदघाटन

धनगढी, वैशाख ५ गते । नेपाली कांग्रेसका नेत्री एवम् प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाले कैलालीको धनगढी उपमहानगरपालिकामा निर्मित विभिन्न संरचनाको उदघाटन गर्नुभएको छ । मङ्गलबार उहाँले धनगढी नमूना माध्यमिक विद्यालयको ३६ कोठे भवनसहित बेहडाबाबा मन्दिर परिसरमा निर्मित विभिन्न संरचना, तौलाहा ताल संरक्षणका लागि निर्मित संरचनाको उदघाटन गर्नुभएको हो ।

धनगढी उपमहानगरपालिका –१६ स्थित बेहडाबाबा मन्दिर परिसरमा सङ्घीय सरकार र धनगढी उपमहानगरपालिका गरी तीन करोड ९४ लाख तीन हजार रुपियाँ लगानीमा विभिन्न संरचना निर्माण गरिएको छ । धार्मिक पर्यटकीयस्थलको रुपमा परिचित मन्दिर परिसरमा रिटेनिङ वाल, पर्खाल निर्माण र ब्लक लगाउने कार्य भएको जनाइएको छ । श्री एसपी कन्स्ट्रक्सन कम्पनी प्रालि. काठमाडौंले ठेक्का पाएर निर्माणको काम गरेको थियो । बेहडाबाबा मन्दिरको दर्शनका लागि गङ्गा दशहरा मेलामा भारतीय तीर्थालुको समेत घुइँचो लाग्ने गरेको छ ।

यसैगरी, धनगढी उपमहानगरपालिका –८ धनगढी गाउँमा रहेको तौलाहा तालमा निर्मित संरचनाको पनि नेत्री देउवाले उदघाटन गर्नुभएको छ । तौलाहा तालको संरक्षण र पर्यटन विकास गर्ने उद्देश्यले संरचना निर्माण गरिएको छ । धनगढी उपमहानगरपालिकाको दुई करोड ३४ लाख ८५ हजार रुपियाँ लगानीमा ताल वरिपरि संरचना निर्माण गरिएको छ । रोयल–पवन जेभीले ठेक्का पाएर संरचना निर्माणको काम गरेको थियो ।

२०७६ असारमा ठेक्का भई काम अगाडि बढाइए पनि बीचमा विवादका कारण काम रोकिएको थियो । विवाद मिलेपछि यसै वर्ष निर्माणको काम सम्पन्न गरिएको थियो । सो अवसरमा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, प्रदेश सभा सदस्य रमेश धामी, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललगायतको उपस्थिति थियो ।

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १३:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट