sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सातु खाएर तथा दान गरेर आज अक्षय तृतीया मनाइँदै

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० ११:५२
सातु खाएर तथा दान गरेर आज अक्षय तृतीया मनाइँदै

काठमाडौँ, १० बैशाख । आज अक्षय तृतीया, आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो ।

आजको दिनलाई युगहरूको सुरुवाती दिनका रूपमा पनि लिइन्छ । आजको तिथिबाटै सत्य युग सुरुवात भएको थियो भने आजकै दिनबाट द्वापर युग समापन भई त्रेतायूग सुरु भएको मानिन्छ ।

आजकै दिन देवाधिदेव महादेव र हिमालय पुत्री पार्वतीबीच विवाह भएकाले आजको दिन विशेष रूपमा लिइने गरिन्छ । राजा भगीरथको तपस्याबाट गङ्गाजी यही अक्षय तृतीयाका दिन पृथ्वीमा झरेकी थिइन् भने यसै दिन रेणुकाका गर्भबाट परशुराम जन्मेका थिए।
यसै उल्लास र उत्सर्गका साथ आज वैशाख शुक्ल तृतीयाका दिन नेपाल, भारतलगायतका हिन्दु धर्मावलम्बीहरूले जौको सातु खाएर वा दान दक्षिणा दिएर यो पर्व मनाउँछन् ।

अक्षय तृतीयामा मुख्यतः सातु खाने चलन रही आएको छ । यस दिनमा जौ‌ गहुँलगायतबाट बनेका सातु खाने चलन छ । यसले शीतलतासमेत दिने भएकाले हिन्दु धर्ममा जौलाइ पवित्र मानिन्छ । बढ्दो गर्मीलाई शीतलता प्रदान गर्न जौ, मकै, गहुँ आदिजस्ता अन्नहरू बेग्ला बेग्लै भुटेर, पिसेर तयार गरिएको पीठोको सातु खाने चलन छ ।

आज माटो, तामा वा पित्तलको घडामा सर्बत राखेर ब्राह्मणलाई दान गरिन्छ । यस्तो घडामा ब्रह्मा, विष्णु र शिव तीनै स्वरूपका भगवानको निवास हुने मान्यता छ ।

जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवं सक्खर हाली सर्बत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने विश्वास छ । आजका दिन घरमा आउने सबैलाई जौको सातु र सर्बत खुवाइन्छ । यसो गरेमा भगवान् विष्णु खुसी हुने धार्मिक विश्वास छ ।

भविष्य पुराणमा पनि आजका दिन गरिएको दान अक्षय हुन्छ भनी व्याख्या गरिएको छ । वैशाखको गर्मीमा सक्खरको सर्बत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्त्व बढेको हो ।

हरेक वर्ष अक्षय तृतीयाका दिन सुनका गहना किन्ने चलन छ । यस दिन किनेको सुन सुख, समृद्धि र सौभाग्यको प्रतीक मानिन्छ । यस दिन किनेको वा लगानी गरेको सुन कहिल्यै समाप्त नहुने जनविश्वास छ । अक्षय तृतीयाको दिन भगवान् विष्णु र देवी लक्ष्मीले खरिद गरेको सुन र लगानीले स्वयम् रक्षा र वृद्धि गर्ने जनविश्वास रहेको छ ।

यस पर्वमा सुन वा गरगहनाबाट बनेका नयाँ वस्तुको किनमेल गर्नुलाई निकै शुभ मानिन्छ । स्कन्द पुराणका अनुसार यस दिन गरेको शुभ कर्म र दानले पुण्य अक्षय पुण्य प्राप्त हुनेछ ।

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० ११:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid