sweet bonanza
February 19, 2026 | बिहिबार, फाल्गुन ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

२ करोड ३९ लाख महानगरमा १ वर्षको खाजा खर्च

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १९, २०८० १0:४३
२ करोड ३९ लाख  महानगरमा १ वर्षको खाजा खर्च

 पोखरा । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७८-७९ मा खाना, खाजा आदि नाममा झण्डै साढे २ करोड रुपैयाँ खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको प्रतिवेदनमा महानगरले विविध शीर्षकमा २ करोड ३९ लाख रुपैयाँ खर्च गरेको उल्लेख गरेको छ ।

पोखराका विभिन्न होटलमा कार्यक्रम गरेको र खर्चको पुष्ट्याइँविना बिल भरपाइमात्रै संलग्न गरेको प्रतिवेदनमा उल्लेख छ । ‘नगरपालिकाले बैठक तथा कार्यक्रम सञ्चालनका लागि लागत अनुमान तयार गरी खर्च लेख्नुपर्दछ । नगरपालिकाले विविध बैठक तथा कार्यक्रम सञ्चालनार्थ खर्च भएको उल्लेख गरी पुष्ट्याइँबेगर केवल बिल भरपाइमात्र संलग्न गरी विविध शीर्षकबाट खाजाखाना वापतको खर्च लेखेको छ’, प्रतिवेदनमा भनिएको छ, ‘यसरी खर्च लेखेबाट वास्तविक रुपमा खर्च भएको हो, होइन यकीन भएन ।’

महालेखाले विभिन्न ९ वटा होटलमा विविध बैठक तथा कार्यक्रममा खाजा खानाका लागि ठूलो रकम खर्चिएको उल्लेख गरेको छ । महालेखाले होटल एल्लो प्यागोडामा डिनर र स्न्याक्सका लागि ६० हजार ३६ रुपैयाँ, होटल आहन्त इनमा ५० हजार २८५ रुपैयाँ, माउन्ट कैलाश रिसोर्ट प्रालिमा ९७ हजार, टीका रिसोर्टमा २ लाख ८६ हजार, जिन्जर गार्डेन रेस्टुरेन्टमा १ लाख १७ हजार, कुमार रेस्टुरेन्टमा २ लाख ४ हजार रुपैयाँ तिरेको उल्लेख गरेको छ ।

महानगरले सबैभन्दा बढी विभिन्न भौचरमा पटक-पटक गरी ११ लाख रुपैयाँभन्दा बढी होटल शुभकामनालाई खाजाखानाको नाममा बिल भुक्तानी गरेको महालेखा परीक्षकको प्रतिवेदनले जनाएको छ । महानगरले चालु आर्थिक वर्षको ६ महिनाभित्रै ८ लाख रुपैयाँ चियापानमा मात्रै खर्च गरेको छ । प्राप्त विवरणमा चालु आर्थिक वर्षको ६ महिनामा ८ लाख २१ हजार रुपैयाँ चियाखर्च र ८७ लाख ७१ हजार रुपैयाँ इन्धनमा खर्च गरेको छ ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १९, २०८० १0:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid