May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

करोड लगानीमा बनाइयो सञ्चालनमा नआउँदै भत्कियो 

  • साझा परिवेश
  • बिहिबार, साउन ११, २०८० १३:१२
करोड लगानीमा बनाइयो सञ्चालनमा नआउँदै भत्कियो 
  • डेढ करोड खर्च गरेर बनाइएको कोल्डस्टोर सञ्चालनमा नआउँदै भत्कियो 
  • फलफूलहरु लामो समयसम्म भण्डारण गर्न मिल्ने गरी बनाएको थियो 

दाङ ।।

दाङमा करिब डेढ करोड खर्च गरेर बनाइएको कोल्डस्टोर सञ्चालनमा नआउँदै भत्किएको छ । कृषकले उत्पादन गरेका तरकारी तथा फलफूलहरु लामो समयसम्म भण्डारण गर्न मिल्ने गरी बंगलाचुली गाउँपालिका-५ मुर्कुटीमा निर्माण गरिएको कोल्ट स्टोर प्रयोगमा नआउँदै भत्किएको हो ।

बंगलाचुली गाउँपालिका र साना तथा मझौला कृषक आयस्तर वृद्धि परियोजनाको अनुदानमा लोहारपानी कृषि सहकारी संस्थाले २०७६ सालमा एक करोड २७ लाख लागतमा १०० मेट्रिक टन क्षमताको कोल्डस्टोर निर्माण गरेको थियो । उक्त कोल्डस्टोर २०७९ साल असोजमा भत्किएको हो । त्यसको पुनर्निर्माण अझै भएको छैन ।

लोहारपानी कृषि सहकारी संस्थाका कोषाध्यक्ष गोपाल वलीले भारी वर्षाका कारण आएको पहिरोका कारण प्रयोगमा नआउँदै भत्किएको र लाखौं रकमको क्षती पुगेको बताए ।

मर्मतका लागि बजेट धेरै लाग्ने हुँदा गाउँपालिकासँग बजेट माग गरेको उनले सुनाए । ‘पहिरोका कारण कोल्डस्टोरमा ठूलो क्षेती पुगेकाले सहकारी एक्लैले मर्मत गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘त्यही भएर मर्मतका लागि गाउँपालिकालाई भनेका थियौं, तर गाउँपालिकाले चासो देखाएको छैन ।’

बंगलाचुली गाउँपालिका पहाडी क्षेत्र भएकाले तरकारीसहित सुन्तला, अदुवा, कागतीहरु उत्पादन हुँदै आएको छ । तर भूगोलको विकटता र बजार टाढा भएकाले त्यहाँका किसानलाई तरकारी तथा फलफूलहरु बजारसम्म पुर्याउन समस्या हुने गरेको छ ।

बंगलाचुली गाउँपालिका-५ का निवर्तमान अध्यक्ष यनुराज खत्रीले कोल्ड स्टोर सञ्चालन नहुँदा कृषकले उत्पादन गरेको तरकारी र फलफुलहरुलाई बजारीकरण गर्न समस्या भएको बताउँछन् । ‘बजारीकरणको समस्या भएपछि यहाँ उत्पादन भएका तरकारीहरु भण्डारण गर्न मिल्ने गरी कोल्डस्टोर निर्माण गरिएको थियौं’ उनले भने, ‘तर कोल्डस्टोर भत्किएपछि भण्डारमा समस्या भएको छ ।’ उनले कोल्डस्टोर प्रयोगमा ल्याउन सके किसानलाई राहत पुग्ने उनी बताउँछन् ।

बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुल्सीराम पुन ‘सुवास’ले सञ्चालन नआउँदै भत्किएको कोल्डस्टोरलाई गाउँपालिकाले व्यवस्थापन गर्ने बताए । उनले कोल्ड स्टोर मर्मतका गाउँपालिकाले बजेट व्यवस्थापन गरेर सञ्चालनका लागि सहयोग गर्ने बताए ।

सोही क्षेत्रमा पर्ने रिभान गाउँलाई तरकारी तथा कागती खेतीका लागि राम्रो सम्भावना भएको भन्दै ०७६ सालमा स्मार्ट कृषि गाउँका रूपमा घोषणा गरिएको थियो । स्मार्ट कृषि गाउँ अन्तर्गत किसानलाई तरकारी खेतीप्रति आकर्षित गराउन कृषि ज्ञान केन्द्रले किसानको क्षमता विकास तथा यान्त्रीकरणका लागि बजेट खर्चिएको थियो । तर अहिले उत्पादन भएको तरकारीको बजारीकरण हुन नसकेपछि तरकारी खेती गर्न छोडेको स्थानीय कृषकहरु बताउँछन् ।

 

  • साझा परिवेश
  • बिहिबार, साउन ११, २०८० १३:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

छुटाउनुभयो कि?