April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै असार ७ गतेभित्र एसइईको परीक्षाफल आइसक्ने गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली?

गौर हत्याको देउवा र उपेन्द्र यादवबीच विशेष कुराकानी

  • साझा परिवेश
  • बुधबार, साउन २४, २०८० १४:१२
गौर हत्याको देउवा र उपेन्द्र यादवबीच विशेष कुराकानी
  • शेरबहादुर देउवा र उपेन्द्र यादवबीच टेलिफोन संवाद
  • दुई नेताबीच गौरहत्याकाण्डको विषयमा कुराकानी

काठमाडौं ।।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसापा) का अध्यक्ष उपेन्द्र यादवबीच टेलिफोन संवाद भएको छ । उच्च स्रोतका अनुसार दुई नेताबीच गौरहत्याकाण्डको विषयमा कुराकानी भएको छ ।

बुधबार सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच १७ वर्षअघि भएको हत्याकाण्डको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने सहमति भएको छ । यो सहमति लगत्तै जसपाका अधयक्ष यादवले कांग्रेस सभापति देउवालाई टेलिफोन गरेका हुन् ।

जसपा अध्यक्ष यादवले सरकारको सहमतिबारे कांग्रेस सभापति जानकार रहेको वा नरहेको विषयमा चासो राखेको नेताहरु बताउँछन् । ‘यो विषयमा अध्यक्ष ज्युले चासो राख्नु स्वभाविक हो’ जसपाकै एक नेताले भने ।

यो विषयमा जसपामा नेताहरु आन्तरिक छलफलमा समेत जुटेका छन् । जसपाका कार्यकारिणी समितिका सदस्यहरुले बुधबार यस विषयमा अनौपचारिक छलफल गरेका छन् ।

एउटा निचोडमा पुगेर आवश्यक परे पार्टीको धारणा सार्वजनिक गर्ने तयारी जसपाका नेताहरुको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बुधबार भएको शीर्ष नेताहरुको भेटमा समेत यो विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख सत्ताघटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटर्वार्ता गरेका छन् ।

नेताहरुका अनुसार शीर्ष नेताहरुको भेटमा संघीय संसदमा जारी अवरोध र गौर हत्याकाण्डको विषयमा सरकारले पीडितसँग गरेको सहमतिको विषयमा छलफल भएको छ ।

 

 

  • साझा परिवेश
  • बुधबार, साउन २४, २०८० १४:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट