sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

के खाने, के नखाने ? यसरी बनाउनुस् मिठो र स्वस्थकर दर (टिप्ससहित)

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १0:२५
के खाने, के नखाने ? यसरी बनाउनुस् मिठो र स्वस्थकर दर (टिप्ससहित)

दरमा के खाने ले नखाने ?

-वर्खायाम भएको कारणले पनि बजारका खानेकुरा तथा सागसब्जीमा फोहोर हुनसक्छ । राम्रोसँग पखालिएको र पकाइएको खानेकुरा मात्रै खाने ।
-सकेसम्म बजारबाट भन्दा घरमै बनाइएको ताजा र पोषिलो खाना खानुपर्छ ।
-दरमा माछा मासुजस्ता परिकार खाने चलन पनि छ । तर मरमसला हालेर पकाइएको यस्ता चिज नखानू जाति हुन्छ ।
-तेलमा तारेको खानेकुरा नखान सुझाव छ ।
-नुन धेरै सेवन गर्दा पानी तिर्खा लाग्ने भएकोले निर्जल व्रत बस्नेलाई समस्या हुन्छ ।
-व्रतको बेला नाचगानका धेरै शक्ति खेर फाल्नु पनि अनुपयुक्त हुन्छ ।
-दरको नाममा मादक पदार्थ सेवन गर्नु हुँदैन ।
-पोषणका लागि दरमा दुग्ध खाद्य पदार्थ खानु राम्रो मानिन्छ ।
-फलफूल तथा अन्नबाट बनेका परिकार समावेश गर्दा राम्रो हुन्छ ।
-बिरामीले सकेसम्म व्रत नगर्दा राम्रो गरिहालेको खण्डमा निराहार व्रत गर्नु स्वास्थ्यका दृष्किोणले राम्रो हुन्न ।

दर के हो त ? कसरी पकाउने ?
तीजमा पकाइने दर एक विशेष प्रकारको दूधजन्य खाना हो । आफ्नो इच्छा र चाहना अनुसार अन्य समयमा खाए पनि हरितालिका तीजको पहिलो दिन भने ‘दरखाने दिन’ कै नामले प्रख्यात छ ।

यसरी बनाउनुस् मिठो दर
आवश्यक सरसामग्री

(१) चामल (आवश्यकताअनुसार, परिवार सदस्यको आधारमा निर्धारण गर्नुहोस्)
(२) दूध (आवश्यकताअनुसार, चामलको मात्रा हेरेर, लगभग आधा केजी चामलबराबर ३ लि.)
(३) घ्यू (तयार गरिएको चामल भुट्न पुग्नेगरी)
(४) मरमसला (नरिवल, काजु, बदाम, छोकडा, ल्वाङ, सुकमेल, मरिच, जाइदानो (जाईफल) को धुलो)
(५) चिनी (आवश्यकता र स्वादअनुसार)
(६) कराई (उपलब्ध भएसम्म किटको नत्र अलि बाक्लो पिँध भएको ठूलो कराई)
(७) काक्रोको अचार
(८) आलु र करेला तथा बोडीको तरकारी

पकाउने तरिका
(१) कराई राम्रोसँग तताउनुहोस् ।
(२) तातेको कराईमा घ्यू राख्नुहोस् ।
(३) घ्यू राम्रोसँग ततेपछि चामल राख्नुहोस् ।
(४) सानो आगो पारेर चामललाई राम्ररी खैरो हुने गरी भुट्नुहोस् ।
(५) चामल खैरो भइसकेपछि घ्यूबाट छुट्याएर कुनै भाँडामा खन्याउनुहोस्, चामल डढ्न नदिनुहोस्, कराईलाई आगोबाट निकाल्नुहोस् र सेलाउन दिनुहोस् ।
(६) यो समयमा आवश्यक मरमसला तयार गर्नुहोस् । स्वादअनुसार नरिवल, काजु, बदाम, छोकडालाई कोरेसोमा कोरेर वा मसिनो गरी काटेर तयार गर्ने । ल्वाङ, सुकमेल, मरिच, जाइदानो (जाईफल) लाई भने पिसेर धुलो बनाउने ।
(७) निकालेको चामल सेलाई सकेपछि पुन कराईमा राखेर आगोमा बसाउने ।
(८) अब दूध आवश्यकताअनुसार राख्ने र राम्रोसँग चलाई रहने ।
(९) दूध सुक्न लागेपछि चिनी राख्ने र राम्रोसँग चलाउने । (चिनीलाई दूध सुक्न नपाई कहिलेपनि नहाल्नुहोस् यसो गर्दा चामल डढ्छ)
(१०) अब तयार गरेको मरमसला सबैतिर पुग्नेगरी माथिबाट छर्नुहोस् र राम्रोसँग चलाउनुहोस् ।
(११) दूध राम्रोसँग सुकिसकेपछि कराईलाई आगोबाट निकाल्नुहोस् । केहीबेर सेलाउन दिनुहोस् तर नछोप्नुहोस् ।
(१२) अब दर तयार भयो आवश्यकता र उपलब्धताअनुसार तरकारी र अचार राखेर खानुहोस् । एजेन्सी

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १0:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid