September 8, 2024 | आइतवार, भदौ २३, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

एसियन गेम्स : पुरुष भलिबलमा आज नेपाल र इरानबीच प्रतिस्पर्धा

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० १0:३८
एसियन गेम्स : पुरुष भलिबलमा आज नेपाल र इरानबीच प्रतिस्पर्धा

नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीले चीनको हाङझाउमा जारी १९ औं एशियन गेम्स अन्तर्गत बुधबार एसियाली पावर हाउस इरानसँग खेल्दैछ । चाइना टेक्सटाइल सिटी स्पोर्टस सेन्टर जिम्रेसियममा हुने खेल दिउँसो साढे १२ बजेपछि सुरु हुनेछ । इरान विश्व वरियताको दशौं तथा एसियाली वरियताको दोस्रो स्थानमा छ ।

समूह चरणको पहिलो खेलमा हार व्यहोरेको नेपाली टोली आजको खेलमा पनि पराजित भए समूह चरणबाटै बाहिरनेछ । मंगलबार भएको समू ‘बी’ को पहिलो खेलमा नेपाल बहराईनसँग ३–१ को सेटमा पराजित भएको थियो ।पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको नेपालले त्यसपछिका तिन सेट लगातार गुमाउँदा हार भोग्न बाध्य भयो । नेपालले दोस्रो सेट २५–२०, तेस्रो सेट २५–१८ तथा चौथो तथा अन्तिम सेट २५–१५ ले गुमाउँदा नेपालले पहिलो हार व्यहोरेको हो ।

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० १0:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्