काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्ष सर्वसाधारणलाई दसैँको टीका लगाइदिने भएका छन् । पूर्वराजाको सम्बाद सचिवालयले विज्ञप्ति जारी गर्दै यसवर्ष पूर्वराजाले सर्वसाधारणलाई दसैँको टीका लगाइदिने जनाएको छ ।
सम्बाद सचिवालयले भनेको छ, ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ बडामहारानी कोमल राज्य लक्ष्मी देवी शाहबाट विजया दशमी पर्वका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारण सबैलाई अपरान्ह ४ बजे टीका बक्सने कार्यक्रम रहेको छ ।’