काठमाडौँ ।।
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेसशभाको बैठकमा जसपा तटस्थ बस्ने भएको छ। जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जसपाले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासका मत नदिने निर्णय गरेको बताए । आज बिहान बसेको जसपाको प्रदेश सभा समितिले सो निर्णय गरेको हो। कोशीमा जसपाका १ सांसद छन् ।