sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

इजरायलमा नेपालीलाई बन्धक बनाएको भिडियो सार्वजनिक

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० ११:५६
इजरायलमा नेपालीलाई बन्धक बनाएको भिडियो सार्वजनिक
  • नेपालीलाई हमासले बन्धक बनाएको भन्दै एक भिडियो सार्वजनिक 
  • इजरायली सेनाद्वारा सामाजिक सन्जालमा एक्स (साविक ट्वीटर) मा भिडियो सेयर
  • अस्पतालको १० मिटर तल ५५ मिटर लामो सुरुङ पनि फेला

काठमाडौं ।।

इजरायली डिफेन्स आर्मीले नेपालीलाई हमासले बन्धक बनाएको भन्दै एक भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियो गाजाको अल शिफा अस्पतालको हो । इजरायली सेनाले सामाजिक सन्जालमा एक्स (साविक ट्वीटर) मा भिडियो सेयर गर्दै लेखेअनुसार हमासले बन्धक बनाएका एक नेपाली र एक थाई नागरिक हुन् । भिडियोमा एक जना घाइतेलाई अस्पतालको स्ट्रेचरमा सुताएर गुडाइरहेको र आकासे निलो रंगको टिसर्ट लगाएका अर्का एक जनालाई घचेट्दै हिँडाएको देखिन्छ । तर उनीहरुको अनुहार भने देखिँदैन । उक्त भिडयोमा हतियार बोकेका व्यक्तिहरु पनि देखिन्छन् । इजरायलको डिफेन्स आर्मीले उनीहरु हमासका ‘आतंकवादी’ भएको जनाएको छ ।

उनीहरुले गाजाको सबैभन्दा ठूलो अल शिफा अस्पताललाई इजरायलमा आक्रमण गर्न उपयोग गरिरहेको आरोप पनि इजरायलले लगाएको छ । उक्त अस्पतालको १० मिटर तल ५५ मिटर लामो सुरुङ पनि फेला परेको भन्दै इजरायलले भिडियो सार्वजनिक गरेको छ । उक्त सुरुङको प्रवेशद्वार माइन र बुलेट प्रुफयुक्त रहेको उल्लेख गरेको छ । गाजा क्षेत्रमा सुरुङ र बंकरको ठूलो सञ्जाल भएको इजरायलको दाबीलाई हमासले भने खण्डन गर्दै आएको छ । यसअघि हमासले बन्धक बनाएका एकजना १९ वर्षीया इजरायली युवतीको शव अल शिफा अस्पताल नजिक फेला परेको थियो । इजरायलको दाबी अनुसार हमासले उनको हत्या गरेको हो । तर हमासले भने इजरायलको हवाई आक्रमणमा परी उनको मृत्यु भएको जनाएको छ ।

 

 

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० ११:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid