sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बीबीसीको प्रभावशाली सय महिलाको सूचीमा नेपालकी रुक्शना कपाली

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० १५:0४
बीबीसीको प्रभावशाली सय महिलाको सूचीमा नेपालकी रुक्शना कपाली

काठमाडौं । बीबीसीले सन् २०२३ का लागि विश्वभरीबाट एक सय जना प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ ।

बीबीसीले सार्वजनिक गरेको सूचीमा नेपालकी रुक्शना कपाली परेकी छन् । हाउसिंग क्याम्पेनरको रुपमा उनी बीबीसीको एक सय महिलाको सूचीमा परेकी हुन् ।

नेवा समुदायकी रुक्शना पारलैंगिक (ट्रान्सजेन्डर) महिला हुन् । उनले ट्रान्सजेन्डर मानव अधिकारकर्मीका रुपमा काम गर्दै आएकी छन् । उनी हुर्किंदै जाने क्रममा आफ्नो पहिचानबारे उनलाई कसैबाट जानकारी हासिल भएको थिएन ।

उनले लिंग र यौनिकताको विविधिताको आयामबारे आफैँ सिक्दै गएको बीबीसीले जनाएको छ । किशोर उमेरदेखि उनले समलैंगिक अधिकारका विषयमा सामाजिक सञ्जालमार्फत अवाज उठाउन थालेकी थिइन् ।

उनी पछिल्लो समय कानुन विषयमा स्नातक तेस्रो वर्षकी छात्रा हुन् । साथै नेपालमा ‘एलजीबीटीक्यु प्लस’ समुदायको कानुनी तथा संवैधानिक अधिकारका लागि काम गरिरहेकी छन् ।

उनले त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा स्नातक तहमा भर्ना हुन कानुनी लडाईसमेत लडेकी थिइन् । अधिकारका लागि उनले लडेको कानुनी लडाई र संघर्षलाई सम्मान गर्दै बीबीसीले यस वर्ष उनलाई विश्वका प्रभावशाली तथा प्रेरक महिलाको एक सय सूचीमा समावेश गरेको जनाएको छ ।

बीबीसीले सार्वजनिक गरेको सन् २०२३ को एक सय महिलाको सूचीमा मानवअधिकार मामिलाकी वकिल अमाल क्लूनी, हलिउड अभिनेत्री अमेरिका फरेरा, अमेरिकाकी पूर्व प्रथम महिला मिसेल ओबामा, ब्युटी बिजनेस सुरु गर्ने हुडा कातान र बलेन डि’ओर उपाधि जित्ने फुटबलर ऐताना भनमतिसमेत परेका छन् ।

साथै यस वर्षको सूचीमा जलवायु परिवर्तनको सामना गरेका आफ्नो समुदायलाई सहयोग गर्ने र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि काम गर्ने महिला पनि परेका छन् । बीबीसीले युनाइटेड नेसन्स क्लाइमेट चेन्ज कन्फ्रेन्स, कोप-२८ अगाडि जलवायु संरक्षणमा काम गर्ने २८ महिलालाई सूचीमा समेटेको जनाएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० १५:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid