काठमाडौं ।।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्यले नेपाल एयरलाइन्सका यात्रु अलपत्र पारिएको विषय क्षम्य हुन नसक्ने बताएका छन् ।
बुधबार राति प्रधानमन्त्री प्रचण्ड कोप – २८ मा सहभागी हुन दुबई जाने क्रममा दुई महिनाअघि टिकट लिएका ३१ यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र पारिएको थियो । यात्रु छुटाएको वा उडान अगाडि सारिएको विषय प्रधानमन्त्रीलाई जानकारी नभएको उनको भनाइ छ ।