sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

इजरायल र हमासबीच फेरी युद्ध सुरु

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १५, २०८० ११:५९
इजरायल र हमासबीच फेरी युद्ध सुरु
  • हमास र इजरायलबीचको युद्धविराम सम्झौता सकियो 
  • इजरायलले फेरि युद्ध सुरु गर्न थाल्यो 

काठमाडौं ।।

हमास र इजरायलबीचको युद्धविराम सम्झौता सकिएको छ । सम्झौता सकिएसँगै इजरायलले फेरि युद्ध सुरु भएको जनाएको छ । विहीबार हमास र इजरायल बीचको युद्धविराम सम्झौताको सात दिन पूरा भएसँगै शुक्रबार यो सम्झौता टुंगिएको हो हो । गत शुक्रबार हमास र इजरायलबीच युद्धविराम सम्झौताको घोषणा भएको थियो। सम्झौता समाप्त हुनु केही समयअघि इजरायलले गाजाबाट प्रहार गरिएको रकेट खसालेको दाबी गरेको थियो ।

समाचार संस्था रोयटर्सका अनुसार प्यालेस्टिनी लडाकु समूहले इजरायली क्षेत्रतर्फ गोलीबारी गरेर अस्थायी युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै इजरायली सेनाले हमास विरूद्ध कारबाही पुनः सुरु गरेको जनाएको छ। ‘हमासले इजरायलमा गोली चलाउन थालेको छ, यो युद्धविराम सम्झौताको उल्लङ्घन हो,’ इजरायली सेनाले सामाजिक सञ्जाल एक्समा लेखेको छ । यसबारे हमासबाट कुनै प्रतिक्रिया प्राप्त नभएको रोयटर्सले जनाएको छ ।

प्यालेस्टाइनी मिडियाले इजिप्टको सिमानामा रहेको रफाहमा समेत युद्धविरामको समयावधि सकिएपछि इजरायली सेनाद्वारा आक्रमण भएको दाबी सहितका खबर लेखेका छन् । अमेरिका, कतार र इजिप्टको निरन्तरको मध्यस्थताका बावजुद पनि युद्धविराम लम्बिन सकेन । विश्व समुदायले युद्धविराम लम्बिने आशा गरेका थिए । सात दिनसम्म चलेको युद्धविराममा बिहीबारसम्म हमासले ११० जना बन्धकहरूलाई रिहा गरेको छ ।

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १५, २०८० ११:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid