June 4, 2025 | बुधबार, जेष्ठ २३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

`संकल्प यात्रा’मा सहभागी भएर फर्कँदै गर्दा सांसद भगबती चाैधरी सवार गाडीमा आक्रमण

  • साझा परिवेश
  • बुधबार, मंसिर २७, २०८० २२:0८
`संकल्प यात्रा’मा सहभागी भएर फर्कँदै गर्दा सांसद भगबती चाैधरी सवार गाडीमा आक्रमण

काठमाडाैं । नेकपा (एमाले) काे संकल्प यात्रामा सहभागी हुँदै गृह जिल्ला फर्कने क्रममा संघीय सांसद भगबती चाैधरी सवार गाडीमा आक्रमण भएकाे छ । नेकपा एमालेकी केन्द्रीय सदस्य समेत रहेकी नेतृ भगबती चौधरी सवार स्करपियाे गाडीमा आक्रमण भएको हाे ।

उदयपुरको घुर्मीमा नेकपा एमालेले मंगलबार गरेकाे ‘संकल्प यात्रा’ कार्यक्रम पश्चात् पारिवारिक शोकका कारण अकस्मात् सुनसरी फर्कने क्रममा सांसद चाैधरी सवार गाडीमाथि उदयपुरको चौदन्डीगढीमा राति करिब ९ बजेर २३ मिनेट जाँदा अज्ञात व्यक्तिहरूले आक्रमण गरेका हुन् ।

आक्रमणमा नेतृ चढेको स्करपियोको ड्राइभर साइट तर्फको लुकिङ ग्लास र सिसा फुटेको छ । घटना घट्ने बित्तिकै स्थानीय तथा प्रहरीलाई सहयोग मागेपछि जनपद प्रहरी र सशष्त्र प्रहरीले स्कर्टिङ गरि चाैधरीलाई गृह जिल्ला पठाएको थियो । चाैधरीमाथि कसले किन आक्रमण गर्याे खुल्न सकेकाे छैन । प्रहरीले घटनाकाे अनुसन्धान भइरहेकाे जनाएकाे छ ।

नेकपा एमालेकाे मध्यपहाडी लाेकमार्ग अभियान अन्तरगत उदयपुरकाे घुर्मीकाे कार्यक्रमसँगै खाेटाङ, भाेजपुर संखुवासभा हुँदै तेह्रथुम सम्मकाे अभियानमा सहभागी हुन गएकी चाैधरीलाई साेहि दिन पारिवारिक शाेक समेत परेकाे थियाे । नेतृ चाैधरीका जेठाजू (मुकेश चाैधरी) काे ह्दयघातका कारण निधन भएकाे थियाे । दिवंगत चाैधरीकाे आज पशुपति आर्यघाटमा अन्त्येष्ठि गरिएकाे छ ।

काेशी प्रदेशमा पहिचान पक्षधरहरूले काेशी प्रदेस नामांकनमा असहमति जनाउँदै नेकपा एमालेका नेता, सांसद तथा कार्यकर्ताहरूमाथि आक्रमण गर्दै आइरहेका छन् । एमालेकाे संकल्प यात्रालाई अवराेध गर्न खाेजिएकाे थियाे । साे क्रममा मंगलबार मात्रै गाेपाल किराती सहित १२ जनालाई प्रहरीले पक्राउ गरेकाे थियाे ।

  • साझा परिवेश
  • बुधबार, मंसिर २७, २०८० २२:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट