काठमाडौं ।
स्वास्थ्य बिमा बोर्डका कर्मचारीले अब कार्यालय समयभित्र सामाजिक सञ्जाल चलाउन नपाउने भएका छन् । बोर्डको पुस १३ गते बसेको बैठकले सामाजिक सञ्जाल चलाउन नपाइने आचारसहिंता लागु गरेको हो ।
दाबी व्यवस्थापन र सूचना प्रविधि शाखाका कर्मचारीले कार्यालयभित्र रहँदा व्यक्तिगत मोबाइल समेत प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ । सम्बन्धित विषयको अधिकारीको अनुमतिपछि मात्रै बिमा कार्यक्रम र बिमा बोर्डका बारेमा सार्वजनिक धारणा राख्न पाउनेसहित बैठकले १० बुँदे आचारसंहिता लागु गरेको छ ।