व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले राजधानीको लैनचौरबाट पक्राउ गरेको हो।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको सीआईबी स्रोतले जनाएको छ। उनी प्रतिनिधिसभा सदस्य तथा अर्बपति व्यापारी विनोद चौधरीका भाइ हुन् ।
बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा आफ्नो बनाएको आरोप उनीमाथि छ । वार्षिक १० लाख जुत्ता उत्पादन गर्ने सर्तमा तत्कालीन ‘च्याम्पियन फूटवेयर लिमिटेड’ खोलेको चौधरी समूहले केही वर्षपछि त्यो जग्गालाई आफ्नो निजी सम्पत्ति बनाएको बताइन्छ ।