sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

निर्वाचन प्रणाली सुधार्नुपर्छ : कोइराला

  • साझा परिवेश
  • मङ्लबार, माघ २३, २०८० 0६:४७
निर्वाचन प्रणाली सुधार्नुपर्छ : कोइराला

दमक । नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संविधान संशोधन गरेर भए पनि निर्वाचन प्रणालीमा सुधार ल्याउनुपर्ने बताएका छन् । संविधानमा उल्लिखित निर्वाचनसम्बन्धी व्यवस्थामा संशोधन गर्नुपर्ने उनले बताए ।

कांग्रेसले सुरु गरेको समुदायमा कांग्रेस अभियानअन्तर्गत हिजो झापाको दमकमा आयोजित सुझाव सङ्कलन तथा अगुवा कार्यकर्ताहरुसँगको अन्तरक्रियामा डा कोइरालाले आरक्षित समुदायका बीचमा मात्रै चुनावी प्रतिस्पर्धा हुने गरी व्यवस्था मिलाउन आफ्नो पार्टीले नीतिगत पहल गर्ने बताए ।

उनले भने, “अब आरक्षित समुदायका लागि टिकट मात्रै होइन सिटनै सुरक्षित गर्नुपर्छ । महिला–महिला, दलित–दलितमा र जनजाति–जनजातिका बीचमा प्रतिस्पर्धा हुने गरी संविधानमा नै व्यवस्था गर्नुपर्छ ।” नेता कोइरालाले समानुपातिक प्रणालीबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने र प्रतिनिधिसभामा भने प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्ने व्यवस्था गरिनुपर्नेमा जोड दिए ।

अन्तरक्रियामा झापाको माईपश्चिम भूगोल दमक, कमल, गौरादह र शिवसताक्षी नगरपालिकाका २३ जना अगुवा नेता–कार्यकर्ताले नेता कोइरालासमक्ष सुझावहरु राखेका थिए । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले जिल्ला तहबाट पार्टीले सञ्चालन गरिरहेका कार्यक्रमहरुका बारेमा जानकारी दिएका थिए ।

सुझावको ओइरो

अन्तरक्रियाका अधिकांश सहभागीले आगामी निर्वाचनमा कांग्रेसले अन्य दलसँग गठबन्धन गर्न नहुने सुझाव दिएका थिए भने भ्रातृ सङ्घहरुको गठन र परिचालनमा ध्यान दिइनुपर्ने, समय– समयमा जनसेवाका कार्यक्रम सञ्चालन गर्नुपर्ने, सरकारमा रहेका कांग्रेसका मन्त्रीहरुको भूमिका सशक्त बनाइनुपर्ने, कांग्रेसले गरेका कामको प्रचारप्रसार उल्लेख्य मात्रामा हुनुपर्ने, चुनावमा टिकट वितरण गर्दा पहुँच र पैसालाई प्राथमिकता दिन नहुने तथा उम्मेदवारको लोकप्रियतालाई ध्यान दिनुपर्ने लगायत विविध सुझाव प्रस्तुत गरेका थिए ।

  • साझा परिवेश
  • मङ्लबार, माघ २३, २०८० 0६:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid