May 20, 2025 | मङ्लबार, जेष्ठ ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बढुवा प्रक्रिया अघि बढाउने सहमतिपछि आन्दोलन फिर्ता

  • साझा परिवेश
  • आइतवार, माघ २८, २०८० १0:३१
बढुवा प्रक्रिया अघि बढाउने सहमतिपछि आन्दोलन फिर्ता

विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत कर्मचारी र शिक्षक तथा व्यवस्थापनबीच सहमति भएपछि आन्दोलन स्थगित भएको छ।

आफूहरुको बढुवा प्रक्रिया अघि नबढाएको भन्दै झन्डै एक्क महिनादेखि कर्मचारी र शिक्षकले आन्दोलन गर्दा पठनपाठनका साथै उपचार सेवा प्रभावित भएको थियो।

प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रह्लाद कार्की बढ़वा प्रक्रिया अघि बढाउन सहमत भएपछि आन्दोलन स्थगित भएको हो। फागुन ६ गतेदेखि बढुवाका लागि अन्तर्वार्ता सञ्चालन गर्न सहमति गरिएको छ।

प्रतिष्ठानको कार्यकारिणी समिति बैठकले ६ ६ महिनादेखि रोकिएको बटुवाको अन्तर्वार्ता सञ्चालन गर्ने निर्णय गरेको हो। उक्त निर्णयपछि उपकुलपतिको कार्यालयमा भएको छलफलमा आन्दोलन फिर्ता लिने र शिक्षक कर्मचारी काममा फर्कने सहमति भएको हो ।

आफूहरुको माग पूरा गर्न प्रतिष्ठान व्यवस्थापन सहमत भएपछि आन्दोलनस्थगित गरिएको कर्मचारी कल्याण समाजका अध्यक्ष डा. सेराज अहमत खानले जानकारी बताए।

उनका अनुसार फागनु ६ गतेदेखि अन्तर्वार्ता सज्यालन गरी एक साताभित्र नतिजा प्रकाशन गर्ने सहमति भए‌को छ। आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारीलाई प्रतिष्ठानको व्यवस्थापनले कारवाही नगर्ने सहमति पनि भएको छ ।

  • साझा परिवेश
  • आइतवार, माघ २८, २०८० १0:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट